काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी कुमारीटोलमा अवस्थित क्यान्भास वसन्त ॠतु स्कूलले गत चैत्र महिनामा काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित २०८२ को आधारभूत तह कक्षा ८ को (BLE) परीक्षामा ४० जना विद्यार्थीहरू सहभागी गराएर ४ GPA सहित १००% (शतप्रतिशत) नतिजा प्राप्त गरी सबैभन्दा उत्कृष्ट विद्यालयको रूपमा परिचित हुन सफल भएको छ। यस विद्यालयको औसत GPA ३•६९ रहेको छ।
आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्र रहेका जम्मा ४९० विद्यालयबाट १९००० भन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। परीक्षामा सहभागीमध्ये जम्मा १० जना विद्यार्थीले यस महानगरपालिकाभित्र ४ GPA प्राप्त गर्न सफल भएका छन्।
BLE परीक्षा २०८२ मा काठमाडौँ महानगरपालिका वडा नं. २६ मा अवस्थित यस क्यान्भास वसन्त ॠतु स्कूलबाट सहभागी परीक्षार्थीमध्ये 1 जनाले ४ GPA तथा 29 जनाले ३•६१ GPA देखि ३•९७ GPA (A+) प्राप्त गरेका छन। बाँकी १० जना विद्यार्थीले ३•२९ GPA देखि ३.५९ GPA (A) प्राप्त गरेका छन्।
काठमाडौँ महानगरपालिकाभित्र यसपटक क्यान्भास वसन्त ॠतु स्कूल BLE को नतिजामा सबैभन्दा सर्वोत्कृष्ट भएको विद्यालयको प्रिन्सिपल भिम बहादुर मल्ल र महानगर शिक्षा विभागका एक कर्मचारीले बताएका छन्। क्यान्भास वसन्त ॠतु स्कूलको औसत GPA ३.६९ रहेको विद्यालयका कोअर्डिनेटर स्वेता कॅडेलले जानकारी दिनुभयो।
विद्यायलयको प्रिन्सिपलले बताए अनुसार यस विद्यालयको अत्यन्त मेहनती, अनुशासित र मेधावी छात्रा डेलिया श्रेष्ठले ४ जीपीए ल्याउन सफल भएकी छन। काठमाडौँ महानगरपालिकामा संस्थागत विद्यालयहरूको तर्फबाट BLE परीक्षा र एस.ई.ई. परीक्षामा पनि विगतदेखि नै उत्कृष्ट नतिजा दिने एउटा अब्बल विद्यालयको रूपमा क्यान्भास वसन्त ॠतु स्कूल आफूलाई स्थापित गराउन सफल भएको छ।
काठमाडौँ महानगरपालिका वडा नं २६ मा अवस्थित यस विद्यालय वि.सं. २०३९ सालमा स्थापना भई आफ्नो स्थापना कालको ४४ औं वर्ष पूरा गर्न सफल भएको छ। “Knowledge is Power” भन्ने नाराका साथ आफ्नो गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको यस विद्यालय सम्पूर्ण आम अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्न पुगेको छ।
विद्यालयले Playgroup देखि कक्षा १० सम्म अध्ययन अध्यापन गराउँदै आएको छ। प्रत्येक तहमा पाठ्यक्रमलाई विद्यार्थीमैत्री, सहज र व्यावहारिक ढंगले प्रस्तुत गरिने विद्यालय प्रशासनले जनाएको छ। नेपाल सरकारद्वारा निर्धारण गरिएको पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसँग समन्वय गरी पढाइने भएकाले विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास विद्यालयको छ।
प्रधानाध्यापक मल्लका अनुसार विद्यालयमा भर्ना अभियान सीमित सिटका लागि सञ्चालन हुने भएकाले छोटो समयमै सिटहरू भरिने गरेका छन्।
विद्यालयका शिक्षकहरू योग्य, अनुभवी र बालमनोविज्ञान बुझ्ने खालका रहेको विद्यालयको दाबी छ। यहाँ पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै समय व्यवस्थापन, समूहमा काम गर्ने क्षमता, नेतृत्वदायी सीप र जीवनोपयोगी व्यवहारिक ज्ञान समेत प्रदान गरिन्छ। साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विद्यालयले नियमित तालिम कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
सम्पूर्ण अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको यस विद्यालयको सफलताले काठमाडौं महानगरभित्र शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरू, सुविधा सम्पन्न भौतिक पूर्वाधार, आधुनिक पेडागोजी,पर्याप्त खेलमैदान,कमजोर विद्यार्थीमाथीको निरन्तर निगरानी, उपचारात्मक कक्षा , Smart board सहितको Digital class, विद्यालयको आफ्नै Futsal, यी विद्यालयका मुख्य विशेषताहरू हुन ।

