काठमाडौँ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै गरेको आगामी वर्षको टी–२० विश्वकपका खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।
नेपालले समूह प्रतियोगितामा चार खेल खेलेको छ। दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो तथा अन्तिम लिग खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुनेछ।
नेपाल यसअघि दुई पटक विश्वकप खेलिसकेकोमा, यो उसकै तेस्रो विश्वकप उपस्थिति हुनेछ। आगामी संस्करणसँगै नेपाल पुनः प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ भन्ने अपेक्षा गरिएको छ।


