प्रा.डा. शत्रुधन श्रेष्ठ
जसले कहिल्यै लिएनन् सरकारी सेवा सुविधा
सरकाले राष्ट्रपतीका लागि भव्य महलको प्रबन्ध गरे पनि मुहिका त्यहाँ बसेनन् । जुन विश्वका कुनै पनि राजनीतिज्ञका लागि अनुकरणीय बन्न सक्छ । हाम्रो देश नेपालमा राष्ट्रप्रतिहरुले सुख सुविधा देशको अर्थतन्त्रले धान्नै नसक्ने सुख सुविधा लिएको हुन्छ प्रायः नेताको जिवनशैली निर्वाचीत गरेर पठाउने मतदाताको भन्दा उच्च हुन्छ । ८९ वर्षमा बुधबार (०८२÷१÷३०) गतेका दिन निधन भएका उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुहिकाको सन्र्दभ भने अपवाद रह्यो उनी राष्ट्रपति हुँदा पनि जीवनभर राजधानी मोन्टो भिडियोको पश्चिमी भेगमा एउटा सामान्य घरमा बसे ।
सरकारले राष्ट्रपतिका लागि भव्य महलको प्रबन्ध गरे पनि उनी त्यहाँ बसेनन् । जुन विश्वका कुनै पनि राजनीतिज्ञका लागि अनुकरणीय बन्न सक्छ ।
राष्ट्रपति हुँदा मात्रै होइन पूर्व राष्ट्रपतिको हैसीयतमा पाउने सुविधा पनि लिएनन् ।
खेतीपाती गर्नु,थरिथरिका पूmलफुल उत्पादन गर्नु उनको सोख थियो । पदमा रहँदा उनले आफ्नो आम्दानीको ९० प्रतिशत रकम दिन दुःखीकाको लागि छुट्याउँथे । उनलाई विश्वकै गरिब राष्ट्रपति भनिन्थ्यो । पेपे उपनामले परिचीत मुहिका समाजको लागी लोकप्रीय थिए ।
मुहिकाको जन्म सन् १९३५ मा मोन्टो भिडीयोको वारक र इटालियन मूलका एक किसान परिवारमा भएको थियो । उनी ५ वर्षको हुँदा बाबुको मृत्यु भयो । उनी र बहिनीले सानै उमेर देखि बागबनीमा काम गर्थे यधपी स्कुल गए र कानून अध्ययन गर्न थाले । विधार्थी आन्दोलनमा बढ्दो रुपमा संलग्न हुँदै गएपछि उनले पढाई छोडे ।
गुरिल्ला समूहमा आबद्ध मुहिका सन् १९६० र १९७० को दशकमा उरुग्वेको सरकार गुरिल्ला टुपामारोस नेसनल लिब्रेसन मुभमेन्ट नामक सहठि गुरिल्ला समूहमा आबद्ध भए । क्यूवेली क्रान्तीबाट प्रभाबीत भई वामपन्थीहरु उक्त समूह गठन गरेका थिए । समूहले लुटपाट, अपहरण र आक्रमण मार्फत तत्कालिन सरकारलाई सत्ताच्यूतको प्रयास गरेको थियो । क्रान्तीको समयमा उनीमाथि ६ पटक गोली प्रहार भयो ।
१४ वर्षको उमेरदेखि नै राजनीतिमा छु र यदी मैले मेरो विबेक गुमाइन भने म निरन्तर राजनीतिमा रहनेछु । हुनु पनि उनी मृत्युपर्यन्त राजनीतिमा संक्रीय थिए ।
जीवनको अधिकाँस समय सामान्य जीवनयापन गरे । उनी भन्ने गर्थे म सँग जे छ, त्यसैमा रमाउँछु । राष्ट्रपति हुँदा उनको औसत आम्दानी ७७५ डलर थियो । जुन उरुग्वेमा औसत नागरिकको वराबर हो । मलाई विश्वकै गरिब राष्ट्रपति भन्ने गरिन्छ तर गरिबको अनुभूति गर्दिन गरिब त्यस्ता व्यक्ती हुन् जो जीवनमा धेरै अभाव महसुस गर्छन उनी भन्ने गर्थे
सादगी जीवनका पर्यायः—
राज्यका सर्वोच्च पदमा रहँदा मूहिका इमान्दारीताको नमूना बने । उनी प्राय क्याविनेट बैठकमा चप्पल र पुरानो ट्राउजर लगाएर देखा पर्थे । उनले कहिल्यै टाई र सुटमा औपचारक कार्याक्रममा पनि देखापरेनन् । त्यसैले अव नेपाल जस्तो गरिब राष्ट्र र अविकसित देशमा हाम्रो देश नेपालका राष्ट्रपतिहरुले पनि अब आउँदा बर्षहरुमा उरुग्वे देश जस्तो सम्पन्न र शक्तिशाली राष्ट्रको राष्ट्रपतिको जीवनशैलीको पाठबाट यहि कुरा सिक्दै जानु पर्छ । नेपाल जस्तो गरिब देशका राष्ट्रिपतिले महँगा ठुला ठूला लग्जरी Luxuary सवारी साधन नचढी साधारण खालको देशको बजेटले भ्याउने किसिमको सवारी साधन र भब्य महलमा नबसी साधारण महलको उपभोग गर्न सिक्नु पर्दछ, जनताले चुनावमा जिताएर पठाएको व्यक्ति जस्ले जनताको जिवन स्तरसँग मेल खाने सुख सुविधा लिएर बस्नु पर्दछ, राष्ट्रिपति कुनै पनि कार्यक्रममा सवारी हुँदा लावा लस्कर सिपाही र बाटो नै अवरुद्ध हुने गरि सार्वाजनिक यातायात र हिडँडुलमा समेत अवरोध नगरी साधारण जनता जस्तै सवारी चढने गर्नु पर्छ । अनि मात्र देशको अर्थतन्त्र संमृद्ध भई देश विकास हुन्छ ।

