तोमनाथ उप्रेती
पृथ्वीका सबैलाई आफन्त मान्ने विश्वबन्धुत्वको अवधारण नै वसुधैव कुटुम्बकम् हो । समग्र प्राणीमा समभाव राख्न सक्नुपर्दछ । यो लोकमा सबै समान छन् । सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भन्ने सिद्धान्त नै वसुधैव कुटुम्बकम् हो । वसुधैव कुटुम्बकम भन्ने वाक्यांशको उत्पत्ति प्राचीन ग्रन्थ ‘उपनिषद्बाट भएको हो । वसुधैव कुटुम्बकम् संसार एक परिवार हो । वसुधाको अर्थ पृथ्वी हो । कुटुम्बकम् भनेको आफन्त । वैदिक परम्परामा वसुधैव कुटुम्बकमको अर्थ पृथ्वीमा रहेका सबै जीवित प्राणीहरू एक परिवार हुन् भनेर उल्लेख गरिएको छ ।
यो संसारमा कसैको निजी केही पनि छैन । आफ्नो हो भन्नु केवल भ्रम मात्र हो । किनिक न हामीले चाहेर हामी जन्मेका छौँ नत मृत्यु नै हाम्रा हातमा छ । यसैले वास्तविकता हाम्रो वसमा छैन । यसैले सर्वत्र समभावको जागृति हुनपर्दछ । मित्रताको भाव रहनुपर्दछ । बन्धुत्वको सहकार्यले नै हाम्रो कल्याण रहने कुरा नै वास्तवमा हाम्रो मार्गदर्शक हुनु आवश्यक छ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् । सार्थक जीवनका निम्ति विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफ्नै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै मानिसहरु बन्धु समान हुन् । कोही आफ्नो र कोही परका हुदैनन । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन ।हम्रो जीवनको लक्ष्य सर्वकल्याण हुनु पर्दछ । सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ । स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन् । तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ ।भौतिक नक्साले कोरिएका सीमारेखाभन्दा मानव माथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो ।भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो । यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् ।सार्थक जीवनका निम्ति सार्वत्रिक विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।
सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भनी महोपनिषदमा भनिएको छ ।
अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। (महोपनिषद्,४।७१)
अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन्, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त जस्तै व्यवहार गर्दछन् ।सहकार्यको भावलाई पनि उपनिषद्ले स्वीकारेका छन् । उपनिषद्मा भनिएको छ ।
‘सह नाववतु सह नौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु माविद्विषावहै
अर्थात् यो विश्व ब्रम्हाण्डमा भएका हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ । सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ । एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन् । आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको उन्नती र कल्याण हुन सक्छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् ।
भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव जगत अझैमाथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, ट्रय यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ ।
यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।
आज संसार एउटा गाउँ भएको छ । मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्दछ । संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ । यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ । विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ । वसुधैव कुटुम्बकम जरुरी भएको छ । ‘बाचौँ र बाँच्न देऔँको फैलावट जरुरी भएको छ ।जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो । विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो । हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो ।
मृत्युमा विजयप्राप्ति सम्भव छैन तर अभय सम्भव छ । संकटमा बाँच्नका लागि मानवीय प्रेम र उत्प्रेरणा आवश्यक पर्छ । घटनाबाट सिक्दै मानिस आजको युगमा आइपुगेको हो । यो क्रम अवश्य रोकिने छैन । आँधी–तुफान त आइरहन्छ । विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ । प्रकृतिमाथि विजयको प्रयास अनिष्टकारी साबित भइसकेको छ । क्रोध वा रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ। क्रोध कायरताको लक्षण हो।विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन।रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।
यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफनै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )

