—विश्वनाथ खरेल

विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्व–शान्तिको लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यहि भूमिमा आज शान्तिको कुनै आभाष छैन जुन सबै नेपालीहरुको लागि दुःख र आत्मा ग्लानीको कुरा हो । फलतः शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नुहुन्छ सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ । यसै अनुरुप बुद्व भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामको लागि नै यस धर्तिमा पठाएका हुन् । यसर्थ राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य पनि हो । जसरी जगतको कल्याण एवं सुख प्राप्ति केबल अंहिसाबाट मात्र संभव छ । जुन समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । जबसम्म हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन चिन्ताको अनुभव गरे तापनि अन्तत नासको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य बैशाख पूर्णिमा बास्तबमै पावन दिन हो , जुन दिन महामानव गौतम बुद्धका जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा बिरलै पाइन्छन् । यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले बैशाख पूर्णिमाको अवसरलाई बुद्वजयन्तीको रुपमा मनाउँने गर्दै आएको छ ।
गौतम बुद्ध राजा शुद्धोधनको एकमात्र छोरा थिए । यिनी कपिलबस्तु राज्यमा इसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यतिmत्व भएका थिए । यिनी गरीब गुरुवा व्यक्तिहरुलाई कसरी उदार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराको संन्यासी रुप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारी संग विवहा गरिदिए । यसरी यिनले दश वर्षसम्म घर व्यवहारमा गृहस्थिको रुपमा जीवन विताए । यिनले बिरामी, बुढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो । यी सबैकुराहरुलाई देखेर मानिस किन यस्तो झन्ंझटमा फस्दछन् यो भन्दा त संयासी हुनु नै राम्रो हो ।
यसरी समयले आफ्नो गति लिइरहेको थियो । यिनको तीस वर्षको उमेरमा एउटा छोराको जन्म भयो । यसर्थ छोरा प्रति माया र मोहको जालोले फसिएला भनेर एक दिन मध्ये रातमा आफ्नो घर छोडेर ज्ञानको खोजिमा हिडें । त्यसपछि उनको संसारप्रति भोग विलासलाई परित्याग गरी एउटा ब्रहाणको चेलो बने । उनी धुम्दैं फिदैं बोधगाया भन्ने ठाउंमा पुगे । उनले यसै बृक्षको बोट मुनि बसेर छवर्षसम्म कठोर तपस्या गरेर बसे । यसै कारणले गर्दा ज्ञान प्राप्त भयो । त्यसरी आफूले प्राप्त गरेको ज्ञानलाई सबैलाई सुनाउन हिडे । यसै बेला देखि यिनलाई गौतम बुद्धको नामले प्रख्यात भए । यसबेला उनको उमेर ३७ वर्षको थियो । फलतः आफुले प्राप्त गरेको ज्ञानलाई संसार भरी फैलाउन मानववर्गमा रहेको दुःख तथा बेदनालाई हटाउन नेपाल लगायत सारा विश्वका बोद्ध धर्मावलम्वीहरुलाई प्रचार प्रसार गर्दै हिडे ।
नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहां बौद्ध धर्मावलम्वीहरुको गौरव गाथाले आज पनि उतिकै प्रेरणा दिएको छ । अतः शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उतिकै महान रहेको छ । भगवान्् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए । शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्नु हुन्छ “ सज्जनको ससर्गबाट नै ज्ञान प्राप्त हुन्छ ” । यसै अनुरुप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामको लागि नै यस धर्तिमा पठाएका हुन । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य पनि हो ।
ब्रम्हाण्डको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र संभव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे तापनि अन्तत त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्धार र स्वर्गद्धार प्राप्तिको बाटो हो । मूलतः ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । यसर्थ अहिंसा र संयको अर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यसरी कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु भन्ने कुरा बुद्धका वाणीहरुमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
प्रत्येक साल बैशाख पूर्णिमा दिनलाई बुद्ध जयन्तीको रुपमा मनाइदैं आएको कुरा सबैलाई विदित्तै छ । यससाल भने २५६९ औं बुद्ध जयन्ती बैशाख २९ गते २०८२ मा भव्यताका साथ मनाउन बौद्धमार्गीहरु लगायत सम्पूर्ण हिन्दूहरु पूृर्ण तयारीमा छन् । तर, यससाल भने विश्वभर मडारिएको कोरोना भाइरस घट्दो रुपमा रहेको छ । यो शुभ अवसरमा हामी सबैले ह्दयदेखि उहाँको विचारधारालाई मनन गरौं । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट पनि चिनिन्छ । यो खासगरीकन भगवान्् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा बैशाख पूर्णिमाको दिन मनाइन्छ । यस धर्तिमा महापुरुषको जन्म विरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापनाका लागि जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु हो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौं । यस धर्तिमा गौतम बुद्धको सन्देशहरुले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धवाट झन्झन् टाढिदैं गइरहेको झैं लाग्छ । जसलेगर्दा अशिक्षा, गरिवी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचारहरु बर्तमान समस्या समाधाननिम्ति अचूक मन्त्र बन्न सक्छन् । तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतिक हुन्छ ।

