
प्रा.शत्रुघन श्रेष्ठ
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान अनुसार नेपालमा सूतिजन्य पदार्थको सेवनकर्ता ४२% छन् । सूर्तिजन्य पदार्थका कारण मृत्युको जोखिममा रहेका विश्वका २५% देशमा नेपाल २३ औं स्थानमा पर्छ । तथ्याङ्क अनुसार प्रत्येक वर्ष नेपालमा सूर्तिजन्य पदार्थको सेवनले ३७ हजार ५४५ जना अर्थात प्रतिघण्टा ४ जना भन्दा धेरैले ज्यान गुमाइरहेका छन् । यो संख्या नेपालको कूल मृत्युको १९.४८% प्रतिशत हो ।
छिमेकी देशहरुसँग तुलना गर्दा नेपालमा सूर्तिजन्य पदार्थको सेवनले हुने मृत्युको् दोस्रो जोखिम कारक हो । पहिलो कारकमा बायु प्रदुषण पर्छ ।
नेपालमा सूर्तिजन्य पदार्थमा लगाइने कर विकसित देशको तुलनामा अति न्यून रहेको छ । सूर्तिजन्य पदार्थको खुद्रा मूल्यमा लाग्ने कर ७५ प्रतिशत हुनु पर्नेमा नेपाल सरकारले हालसम्म लगाइँदै आएको सूर्तिजन्य वस्तुको सेवनमा ३९% प्रतिशत कर मात्र गरेको छ । जुन करको दर दक्षिण एशियाली मुलुकमै सबैभन्दा कम हो ।
विश्वभर सूर्तिजन्य पदार्थमा लगाइएको बढी करको कारण सूर्तिजन्य सेवनकर्ताको संख्या क्रमशः घट्दै गइरहेको पाइएकोले नेपालमा पनि उल्लेखनीय करको दर अरु दे्शमा लगाउँदै आएको ७५% लगाउने हो भने नेपालमा पनि सूर्तिजन्य पदार्थको सेवनकर्ता घट्न गई मृत्युदरको संख्या पनि कम हुँदै जानुको साथै नेपाल सरकारको राजस्वमा पनि केही बढी वृद्धि हुन जान्छ । अन्तराष्ट्रिय देश ब्राजील, फ्रान्स र चीन जस्ता देशले सूर्तिजन्य सेवनमा लगाएको बढी करको दर नीतिले गर्दा त्यस देशको जनसंख्या मृत्यु दर कम हुँदै गइरहेको छ । त्यस्तै नेपालले पनि उल्लेखनीय करको दर बढाउन उनीहरुले सुझाब दिएका छन् । करमा वृद्धि गरेर नेपालमा पनि ४.८५ प्रतिशत सूर्तिजन्य सेवनकर्ताहरु कम हुँदै गई करिब ८५% सेवनकर्ता कम हुँदै जान्छ ।
नेपाल सरकारले आगामी वर्ष २०८२/८३ को बजेटमा सूर्तिजन्य सेवनमा रु. १५ अर्बभन्दा बढी वृद्धि हुने तरिकाले बजेटमा करको दरको नीति ल्याउनु पर्छ ।
अर्को कारकतत्व हो बायु प्रदुषण ः- नेपालका अधिकांश प्रमुख शहरहरुमा जनघनत्व बढी भई, कहीकतै हरियो रुख विरुवा नष्ट हुँदै गएर शहरमा धेरै घरले भरिएर उकुसमुकुस हुन पुगेको छ । साथै अति पुराना गाडीबाट निस्कने डिजेलको धुँवाले अर्कातिर मानिसको श्वास-प्रस्वासमा असर पुर्याउँदै आईरहेको छ ।
नेपालकै राजधानी काठमाडौं उपत्यका भित्र पनि अनगिन्ती पेट्रोल डिजेलबाट चल्ने सवारी साधनबाट हानिकारक धुँवाले प्रदुषण फैलाउँदै मानिसहरुको स्वास्थ्यमा नकारात्मक असर पर्दै गईरहेको छ भने अर्कोतिर मानिसहरुमा हानिकारक धुवाँले फोक्सो, मुटु जस्ता अंगहरुमा अदृष्यरुपले क्षति पुर्याउँदै आईरहेको छ । जसले गर्दा अस्पतालहरुमा दिनहुँ मुटु र फोक्सोका विरामीहरुको लाइन लाग्न शुरु गरेको छ ।
त्यसैले यस्ता विकराल प्रदुषण हटाउनका लागि नेपाल सरकारले समयमानै सडकका छेउछाउमा हरियाली वृक्षारोपण गर्नुका साथै सन् २०३० भित्र डिजेल, पेट्रोलजन्य सवारीसाधनलाई विस्थापित गरी विद्युतिय सवारी साधन सर्वसुलभ दरमा झिकाई (विदेशबाट) प्रदुषण रोक्ने कोसिश गर्न सक्यो भने मात्र हाम्रो देश पनि स्वच्छ र सफा प्रदुषण मुक्त बन्न सकिन्छ ।

