काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस ,श्रम शिविर ,साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको भेरी कर्णाली ३ नम्बर ब्यूरोले बिरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी जनसम्बन्ध बिस्तार अभियान बारे र देशमा अहिले दलाल सत्ताको भ्रष्टाचार र राजावादीको प्रतिगमनकारी आन्दोलनका बारेमा धारणा व्यक्त गरिएको थियो । टोली नेता हेमन्तप्रकाश ओली सुदर्शनले पार्टीव्दारा संचालन गरिरहेको अभियान र समसामयिक बिषयमा प्रस्ट्याउदै पत्रकारले सोधेका प्रश्नको जबाफ दिनु भएको थियो । वर्तमान राजावादी र गणतन्त्रवादीहरुको भूमिकाका विषयमा पार्टींको धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता ३ नम्बर ब्यूरो सचिब प्रकाश उर्जा र सञ्चालन किरणले गर्नु भएको थियो । टोलीले सुर्खेतको चौकुने गाउँपालिको मुटुमा कोणसभा सम्पन्न गरेको छ ।
पार्टीका पिविएम धनेश्वर पोख्रेल, २ नं व्यूरो इञ्चार्ज रामबहादुर थारु , अखिल क्रान्तिकारीका सचिवालय सदस्य नविन खड्काले वर्तमान राजनीतिक परिस्थितिका विषयमा प्रकाश पार्नु भएको थियो ।पार्टीका सुर्खेत जिल्ला सचिव रत्नओलीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
टोलीले पञ्चपुरी गापाको विद्यापुरमा कोण सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यार्थी नेता नविन खड्का र पार्टी का केस कर्णबहादुर विसीले वर्तमान राज्यको शिक्षा नीति र विश्वविद्यालयमा भैरहेको स्ववियु निर्वाचनका विषयमा धारण राख्नु भएको र दिनेश थापाले सहजिकरण गर्नु भएको थियो ।


जनसम्बन्ध विस्तार अभियानको शीलशीलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा “मिटरव्याज, सहकारी ,वित्तिय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न ”विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उद्योग वाणिज्यसंघको सभाहलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली नेता कृष्णराज पौडेलले कम्युनिस्ट पार्टीका सदस्यहरु अनुशासित हुनु पर्दछ । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नका लागि अनुशासित कार्यकर्ताहरुको जमात भएर मात्रै हामी उद्देश्यमा पुग्न सक्छौं भन्नुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य चक्रपाणि शर्माले समाजका उत्पीडित किसान मजदुरहरुलाई वर्तमान व्यवस्थाले न्याय दिन नसक्ने हुँदा व्यवस्था पविर्तनको आन्दोलनमा जोड दिनु भयो । उक्त कार्यक्रममा पार्टीका पिविएम तथा ३ नं व्यूरो इञ्चार्ज लालबहादुर जाग्रीले कार्यपत्र पेश गर्नु भएको थियो । जाग्रीले भन्नु भयो “सहकारी पीडित लघुवित्त पीडितहरुका मुद्दालाई जिल्ला प्रशासन वा अदालतले गरेका फैसला वास्तविक पीडितहरुका पक्षमा भए की भएनन् ? वास्तविक पीडितका समस्याहरु के छन् ? र तिनीहरुले कसरी न्याय प्राप्त गर्न सक्छन् ? भन्ने बारेमा छलफल गर्न यो कार्यक्रमको आयोजना गरिएको हो” भन्नुभयो ।
अभियान टोली सदस्य शेरबहादुर देउवा दलाल पुजिपतिहरुले जनतालाई उठिवास बनाएको हुँदा पार्टीले यसको समयमै हिसाव लिने कुरामा बताउनु भयो । कार्यक्रम पार्टीका बाँके जिल्ला सेक्रेटरी गुणनीधि आचार्यको अध्यक्षता र सञ्चालन प्रकाश भण्डारीले गर्नुु भएको थियो ।


हरीभक्त कँडेल प्रतिक नेतृत्वको टीमले अभियानको पन्ध्रौं दिन अर्थात चैत्र १८ गते उदयपुर जिल्लाको त्रीयुगा नगरपालिकाको लालपत्तामा जिल्ला सचिव शंंखर पौडेलको खेतमा श्रम शिबिर सञ्चालन ग¥यो । खेतमा आलस र चना उखेल्ने काम टोलीले गरेको थियो ।
त्रीयुगा नगरपालिका- ६ लालपत्ता चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियोे ।अभियानबारे पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १४ नम्बर ब्युरो सचिव गगनले प्रष्ट पार्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको थियो । टोलीले व्यापकरुपमा भित्तेलेखन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको रामसिंह श्रीष नेतृत्वको केन्द्रीय अभियान टोलीले खोटाङको हलेसी तुवाचुङ नपा–७ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र महिला नेतृ शारदा महतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले गर्नुभएको थियो । पार्टीका १४ नं ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पुस्करले केन्द्रीय अभियान टोलीलाई अबीर र पुष्पगुच्छाले ब्यूरोमा स्वागत गर्नुभएको थियो ।

