डा.सुमनकमार रेग्मी
हिन्दु विश्वास अनुसार सुन सुर्य भगवानसंग गरम र चाँदी चन्द्रमासंग जोडिएका शीतलतायुतm चरित्र भएको पवित्र धातु हो। दक्षिण एशीयामा गरगहना–सुन सुन्दरता,फेसन र हैसियतको सूचक मानी आएको छ। नेपालसहित यस क्षेत्रका विवाहित महिला गह्रौं गहनामा आफुलाई सजिन चाहन्छन्। आन्तरिक बजार र संस्कृतिमा गहनाको प्रचलन नेपालमा परम्परागत रुपमा चल्दै आएको छ।
कच्चा चाँदीलाई एचएस कोड ७१०६९१०० ले परिचित गराईन्छ। अर्धप्रशोधीत आकारको सुनलाई एचएस कोड ७१०८१३०० ले पुकारिन्छ। आ.ब. २०१२–१३ मा २६ अर्बको उतm कोडको सुन आयात नेपालमा गरिएको छ। नेपालको सुन–चाँदीका गहना आन्तरिक बजार मात्रै होईन बाह्य बजारमा पनि केहि दशक अगाडीदेखि नै बढदै गएको छ।
२०६३ साल माघ १ को अध्यादेशमार्फत ओपन जनरल लाईसेन्स सुनकारोबारमा लागु गरियो।त्यसपछी जस्ले जति चाहयो त्यति सुन निर्धारित भन्सार महशुल तिरेर ल्याउन पाउने भए। बढी परिमाणमा सुनको आयात भई शोधनान्तर घाटा भएपछी सरकारले आ.ब. २०६६–६७ को माघदेखि सुनको आयात नियन्त्रण गरेको थियो।भारतमा सुनको भन्सार दर नेपालमा भन्दा ३ सय ५० रुपैंयाँले बढी भएपछी बैधानीक च्यानलबाटै त्यस बर्ष अर्थात २०६६–६७ मा ४१ अर्ब रुपैँयाको सुन आयात नेपालमा भएको थियो।जस्का कारण देशले २० अर्बको शोधनान्तर घाटा व्यहोर्नुृपरेको थियो।
बैंक–वितीय संस्थाले दैनीक १५ किलो सुन बिक्री गर्दा देशमा माग नपुगेको भन्दै व्यवसायीले लामो समयदेखि कोटा ३५ किलोसम्म पु¥याउनुपर्ने भनी आएका छन्। तर तोकिएको १५ किलोसमेत बिक्रि हुन छाडेपछी बैंकले पनि आयात रोकेको बैंकर बताउँदछन्। व्यवसायीका अनुसार बैंकको सुन महँगो पर्न गएकाले यस्तो सुनबाट गहना बनाएर बेच्दा तोलामा रु.३०–४० मात्र नाफा हुने व्यवसायी बताउँदछन्।
नेपालमा सुन खरिद गर्दा शुद्धता,तौल र गुणस्तरको ग्यारेन्टी कार्यान्वयन गर्न विगतमा सुन–चाँदीको गहनामा हलमार्क जारी गर्ने कुरा प्रकाशमा आएको थियो।यसले गहनाको गुणस्तर पहिचान र उपभोतmालाई शुद्धताको प्रत्याभूती दिने हुन्छ। सुनको अनुगमन न्युन हुने र समय–समयमा गुणस्तरबारे बिबाद हुन थालेपछी सरकारले हलमार्क राखेर स्थायी समाधान गर्ने कुरा उठेको थियो।
बजार अनुगमन र सुनचाँदी बजारलाई व्यवस्थित गर्न दुई बर्ष अघिको अर्थात २०७० अघिको पन्ध्र दिनभित्र बनाउने भनिएको सुनचाँदी निर्देशीका २ बर्ष वित्न लाग्दा पनि बनेको छैन्। कारोबार निर्देशिका जारी नहँुदा सुन–चाँदीसम्बन्धी अनुगमन कार्य गर्न सकिएको छैन्। यो निर्देशीका नबनुजेलसम्म नराम्रो नियतले कारोबार गर्न खोज्ने व्यवसायीलाई प्रोत्साहन भएको छ। बताईन्छ की यो निर्देशीका तयार भए पनि जारी गर्न ढिला भईरहेको बताईन्छ। व्यवसायीहरुसंग जर्ती–टोलेरेन्स अर्थात क्षम्य सीमामा एक र डेढ प्रतिशतबिच सहमती हुन नसक्दा निर्देशीका जारी गर्न ढिलाई हुन गएको बताईन्छ। यस्तै सरकार र व्यवसायीबिच गहनाको जर्तीमा आठ र एघार प्रतिशतबिच सहमती हुन नसक्दा निर्देशीका जारी गर्न ढिलाई भएको देखिन्छ। गहनाको डिजाईनअनुसार जर्ती जाने भएकाले ८ प्रतिशतमा व्यवसायीलाई मर्का पर्ने बताईन्छ। तर यो पंतिmकारको भनाई के छ भने जर्ती नजान त उपयुतm बिदेशी प्रबीधी र मेशीन प्रयोग गरेमा जोडाईमा जर्ती खेर जाने समस्या नै रहदैन्। यस्मा सबैको ध्यानाकर्षण गर्न चाहान्छु। निर्देशीका जारी नहुँदा उपभोतmा ठगिने क्रम पनि बढदै गएको छ। कानुनी आधार भएपछी ठगी गर्नेलाई नियन्त्रण भई स्वच्छ व्यापार स्थापीत हुनेछ।
२०७० बैशाखमा सरकारी निकायबाट सुनचाँदीका पसल अनुगमन गर्दा व्यवसायीले तोकिएभन्दा कम तौल तथा गुणस्तरको सुनचाँदीसम्बन्धी बिक्रि गरेको भेटीएको बताईन्छ। निर्देशीकाबिना यस्ता पसलमा अनुगमन गर्दा व्यवसायीबाट आवाज उठने गरेको देखिन्छ। २०७० आषाढ ७ पछीका १५ दिनभित्र अर्थात आषाढ २२ भित्र शर्तनामा गरी निर्देशीका बनाउन ९ सरकारी र व्यवसायी सदस्यीय समिति गठन गरिएको थियो।स्मरण गराईन्छ की देशभर करिब १२ हजारभन्दा बढी गहना व्यवसायी छन्।
अबैध रुपमा आएको सुन तोलामा १ हजार रुपैयाँसम्म सस्तो हुने व्यवसायीहरु बताउँदछन्। नेपालमा विगत केहि बर्ष यता सुनको आयातमा व्यापक कमी आएको देखिन्छ्। बैधानिक आयात कम हुनुको प्रमुख कारण तस्करी नै हो भन्ने बताइन्छ।्। यस्तो अवस्थाले सरकारी राजस्व पनि गुमेको छ। भारत–नेपालमा सुनको मूल्यमा फरक भएमा र चीनको खासा – केरुङ नाकाबाट नेपालमा तस्करीको सुन भित्रिन्छ भनिन्छ। बताईन्छ की अन्तराष्ट्रिय विमानस्थलकाट पनि तस्करीको सुन नेपालमा भित्रिन्छ। यस्तो अवस्थामा सुनको कारोबारमा व्यापक व्यवस्थापन जरुरी छ। व्यवसायीहरुले विगतमा केहि समय बैंकबाट सुन नकिन्दा करिब ४ सय सुन बैकमा नै थन्किएको बैंकहरुले बताईआएका छन्। बैंकबाट सुन नबिकेकोले विगतमा केहि महिना बंैकहरुले सुन आयात नै रोकेका थिए। त्यसले गर्दा पनि विगत केहि बर्षमा नेपालमा सुन आयात घटेको व्यावसायीहरु बताउँदछन्। तर तस्करी गरेर चीनबाट नेपाल सुन ल्याउने क्रम नरोकिएको सम्बन्धीतले बताउँदछन्। बरामद भएका सुनको कमिसन विवादमा सरकारका उच्च पदाधिकारी संलग्नताको आरोप सार्वजनिक लेखा समितिले सुन तस्करीमा लाग्नेलाई बढी सजाय गराउन संगठित अपराधबिरुद्धको कानुनअन्तर्गत कारवाही गर्न थालेको बताईएकोले सुन–तस्करीमा पनि प्रत्यक्ष यस्ता उच्च व्यतिmहरुको संलग्ता नहोला भन्न सकिदैन। यस्ता अपराधीहरुलाई विदेशमा ओनदस्पटमा सुटएण्डडेथ गर्ने प्रचलन हुन्छ। नेपालमा भएका संगठित अपराघ ऐन प्रयोग नगरी थन्किएर बसेको देखिन्छ। तातोपानी नाकाबाट सामान कन्टेनरबाट तस्करीको सुन किलो–किलो भेटिएपछी सीआईबीले आफ्नो कार्य पक्कै अगाडी बढाएको देखिन्छ। पहिले यस्तो तस्करी कार्यमा भरिया भेटने गरेकोमा अब भलादमी व्यतिm नै भेटिएको देखिन्छ। एक समय राजनीतिमा सुन तस्करकै बोलवाला थियो भनिन्छ। २०५१ देखि २०५६ सम्म पटक–पटक भएका सरकार बनाउने–गिराउने खेलमा तिनको भूमीका निर्णायक मानियो। भनिन्छ २०५५ सालमा १ सय ३३ टन बैध सुन बैध रुपमा नै नेपालमा भित्रिएको थियो।
चाँदी–सुनका गहनाको विकास र निर्यात बृद्धि गर्न सरकारले निजी क्षेत्रलाई यस क्षेत्रलाई उद्योगका रुपमा लिईनु पर्दछ। सुन प्रति तोला सबभन्दा माथिल्लो विन्दुको मूल्य रु. ५७ हजार २०० सम्म पुगेको बताईन्छ। यस क्षेत्रको नीति र सुन आयात कोटामा अनुगमन नहँुदा यस क्षेत्रका व्यवसायीहरु मर्कामा परेको बताईन्छ। गहना नेपालको संस्कृतिसंग जोडिएकाले सरकारले यस क्षेत्रमा उपयुतm सुन नीति ल्याउनु पर्दछ। नेपालको परम्परागत गहनाको माग बाह्य बजारमा व्यापक भएको बताईन्छ। त्यसर्थ यस क्षेत्रबाट रोजगारी र राजस्व बढाउन सकिने देखिन्छ। यस क्षेत्रमा ५ लाख मानिसले रोजगार पाएको बताईन्छ। यस क्षेत्रबाट सरकारलाई रु. ६ अर्बको राजस्व बुझाएको देखिन्छ। नेपालमा १५ हजार गहना व्यापारी र ६० हजार गहना उदपादक छन् भनिन्छ। यस क्षेत्रमा रु. ४०–५० अर्बको अर्बको बजारमा लगानी भएको बताईन्छ। करिब ३–४ बर्ष अघि नेपालमा सुन अत्यधीक मात्रामा आयात भई भुतmाती सन्तुलनमा असर गरेकाले सन २०१० देखि मात्र नेपालमा सुन आयात बाणिज्य बैकहरुमार्फत सिमीत गरिएको देखिन्छ।
देशले कमाएको ठूलो विदेशी मुद्रा सुन–चाँदी आयातमा खर्च भैरहेको भए पनि त्यसबाट अर्थतन्त्रले पूर्ण फाईदा भने लिन सकेको देखिदैन्। निर्यातको ठूलो संभावना भए पनि सुन र चाँदीका हस्तकला र गहनाले बाह्य बजार बढन सकेको देखिदैन्। कुनै बर्ष नेपालमा रु. ३७ अर्ब ५० करोडको सुन आयात भए पनि यसबाट मूल्य अभिबृद्धिको कार्य कमै भएको देखिन्छ। चाँदीका उत्पादन केहि मात्रामा निर्यात भए पनि सुनका उत्पादनका वस्तु निकासी भएको नगण्य तथ्यांक छ। तर सुनमा १५ प्रतिशत मात्रै मूल्य अभिबृद्धि गरे पुग्दछ भनिन्छ। नेपालबाट चाँदीको निकासी बार्षिक रु. ५५ करोडको निकासी भएको देखिन्छ। तर आ.ब. २०१२–१३ मा करिब रु.२० करोडको चाँदीको गहना निकासी भएको देखिन्छ। तर आ.ब. २०१३–१४ मा रु.२२ करोडको चाादीको गहना निकासी भएको देखिन्छ।
कुनै बर्ष नेपालमा भन्दा भारतमा सुन सस्तो हँुदा सुन तस्करी हुने गरेको बताईन्छ। भनिन्छ चीनबाट तस्करी गरेर ल्याएको सुन भारतमा पु¥याएर फाईदा लिनेको संख्या अधिक रहेको बताईन्छ। यसलाई नियन्त्रण गर्न सरकारी कडाईले पनि संभव भएको देखिदैन््।।त्यसैले सुन आयातमा भन्सार बढाउनेदखि बिभिन्न कर लगाउने क्रम पछिल्ला बर्षामा बढदै गएको छ। दुई देशबिचको खुल्ला सिमाना व्यवस्थित गर्न पर्ने बताईन्छ।
विश्को सबैभन्दा ठुलो सुन आयातकर्ताको सूचिमा भारत र चीन पर्दछन्। यी दुबै देशले एक र दुई नम्बरका स्थितिमा प्रतिष्पर्धा गर्दछन्। त्यसपछी हङकङ, संयुतm राज्य, टर्की, थाईल्याण्डलगायतका देशले धेरै सुन खपत गर्दछन्। विश्व निर्यातकर्ताको सूचिमा सं.रा.अमेरीका, क्यानडा, यूएई, अष्ट्रेलीया, जर्मनी, दक्षिण अफ्रीकालगायत पर्दछन्। अन्तर्राष्ट्रिय बजारमा गहनाको मूल्य त्यसको डिजाईनका आधारमा तयार गरिन्छ।

