नारायण शर्मा
लिपुलेक हाम्रो नेपालको हो भन्ने कुरामा सच्चा देसभक्त नेपालीमा सन्देह छैन । यो सत्य अन्तर्राष्ट्रिय रुपमा पनि स्थापित गरिनुपर्छ । यसका निम्ति औपचारिक र आधिकारिक कुरा, पत्र र पछिल्लो नक्सा नेपाल सरकारले सबै देस र सयुक्त राष्ट्र संघमा पनि दिनुपर्छ । तर के नेपालले यस्तो गरेको छ ? आफ्नो सच्चा छिमेकी मित्र राष्ट्र चीनलाई यो जानकारी आधिकारिक रुपमा दिएको छ र ? मलाइ लाग्छ छैन । संसदले सर्वसम्मत रुपमा पास गरेको पछिल्लो नक्सा देसमा त वितरण र शिक्षणसम्म पनि गर्ने प्रकृयाबाट यही ओली सरकार विगतमै हटेको हो भने अहिले त झन् चीनविरोधी अर्थात् इन्डो पश्चिमा (अमेरिकी) दलाल शक्ति काङ्ग्रेससंगको सहकार्यको उही ओली सरकारले त्यसो गर्ने कुरै आएन, बरु काङ्ग्रेसीहरुमार्फत चीनविरोधी गतिविधिहरु बढाएको छ । नेपालले चीनलाई आधिकारिक रुपमा विधिपद्धतिसम्मत ढङ्गले “लिपुलेक नेपालमा पर्छ, यो तृदेसीय नाका हो र यसलाई उपयोग गर्नेबारे २०१५ मा भारत र चीनबिच भएको सहमती गलत छ र त्यो खारेज हुनुपर्छ” भन्ने कुरा स्पष्ट भाषामा संसदबाट पारित पछिल्लो नक्सा प्रमाणीकरणसहित जानकारी गराउनुपर्छ । यस्तो केही नगरी-नगराई एमाले र ओली गुटले बाहिर-बाहिर सस्तो लोकपृयताको लागि देसभक्तिको ढोंग गरेको र ढोल पिटेको भरमा चीनले लिपुलेक नेपालको रहेछ भन्ने कुरालाई विश्वास गर्न गाह्रो हुन्छ । अनि चीन लिपुलेक प्रकरण जस्ता गतिविधिमा सहभागी हुन बाध्य हुन्छ । हाल यस्ता विवादित मामलामा चीनलाई मुछेर विवादमा पारी नेपालमा चीनविरोधी माहोल बनाउने सुनियोजित षड्यन्त्र भैरहेको देखिन्छ । चीनविरोधी माहौल अन्ततः नेपालको हित र विकासविरोधी नै हो र हुनेछ । यो कुराको प्रमाण विश्वव्यापी सडक सम्पर्कद्वारा विश्वविकास गर्ने BRI जस्तो नितान्त विकासे परियोजनालाई ऋणमा नलिने भन्ने गरियो । तर त्यसको लगत्तैपछी पश्चिमा साम्राज्यवादीहरुका कार्यक्रममा भने ऋण पनि लिने गरिरहेकोबाट स्पष्ट भएको छ ।
तसर्थ हाम्रो सच्चा र असल घनिष्ट छिमेकी मित्रराष्ट्र चीनलाई बदनाम गर्ने र चीनविरोधी षड्यन्त्रमूलक गतिविधिहरु बढाइएको यो बेलामा लिपुलेकमा चीनले नेपालको सार्वभौमिकतामाथी हस्तक्षेप गर्यो भन्ने हवामा हामी बग्नुअघि हेरौं, बुझौं, होशियार होऔं र हामी ठिक ठाउँमा उभिऔं अर्थात् तथ्य-सत्यमा टेकौं अनि ठिक ढङ्गले ठिक ठाउँमा ठोकौं !
अन्यथा इन्डोपश्चिमाको षड्यन्त्रमा हामी सब देसभक्त र क्रान्तिकारी वामपन्थीहरुसहित आम जनता हाम्रो सच्चा घनिष्ट मित्रराष्ट्र चीनका विरुद्धमा भैरहेको यो र यस्ता अन्य षड्यन्त्रमूलक गतिविधिहरुमा जानअन्जान रुपमा चीनविरोधी षड्यन्त्रमा फस्ने र अन्ततः हामी नेपाली र नेपालका लागि आत्मघाती हुने खतरा छ ! चेतना भया !?
अध्यक्ष :- अखिल नेपाल कम्युनिस्ट पार्टी

