– प्रा. शत्रुघन श्रेष्ठ
लुम्बिनी विकास बैंक एक प्रतिष्ठित ने.रा.बैंक बाट ‘ख’ वर्गको बैकिङ्ग कारोबार गर्न स्वीकृति पाएको एउटा राष्ट्रिय स्तरको विकास बैंक हो । यो बैंक ५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थालाई आफ्नो बैंकमा प्राप्ति गर्दै कारोबार गर्दै आइरहेको छ । लुम्बिनी विकास बैंकले ५ वटा मर्ज गरी लिएको बैंक तथा बित्तीय संस्थाहरु यस प्रकारका छन् :– १. भाजु रत्न फाईनान्स लि., २. बिरगञ्ज फाईनान्स लि., ३. हिमचुली विकास बैंक ४. लुम्बिनीविकास बैंक र ५. भिभोग विकास बैंक लि. गाभिएर वि.सं. २०७४, असार २५ गते लुम्बिनी विकास बैंकको स्थापना भयो ।
लुम्बिनी विकास बैंकले विभिन्न आ.ब.मा उत्कृष्ट लाभांस दिन सफल भएको । आ.ब., बोनस र नगद लाभांसको तालिका यस प्रकार छन् :–
आ.ब . नगद लाभांस (%) बोनस शेयर (%)
२०७४/७५ ० १७.०७
२०७५/७६ १५ ५
२०७६/७७ ३ ७
२०७७/७८ ०.६८४२ १३.६८
२०७८/७९ ९ ३
२०७९/८० ४.५ ४
२०८०/८१ ४
लुम्बिनी विकास बैंकले इण्डियन चेम्बर अफ कर्मसले आयोजना गरेको दोस्रो इमर्जिङ्ग एशिया बैंकिङ्ग अवार्डमा ५ वटा उपाधि हात पारेको छ ।
बैंकले दोस्रो इमर्जिङ्ग एशिया बैंकिङ्ग अवार्डस २०२४ को ८ वटा बिधा मध्ये ५ विधामा सहभागि जनाएको थियो । सहभागिता जनाएको ५ वटै विधामा बैंकले उपाधि जितेको छ ।
इण्डियन चेम्बर अफ कर्मसले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैकिङ्ग कन्वेन्सन
-Convention) २०२४ मा बैंकले Best Bank, बेष्ट बैंक, Best programme, बेष्ट प्रोग्राम अनरिक मेनेजमेन्ट नेपाल, Best Performance Assets, बेष्ट परफरमेन्स एसेष्ट मेनेजमेन्ट, बेष्ट परफरमेन्स अन प्रोफिटाबिलीटी नेपाल र बेष्ट परफरमेन्स अन ग्रोथ नेपाल उपबिजेताको उपाधि जित्न सफल भएको थियो ।
बैंकका अनुसार Awards हरुमा अर्वाडसहरुमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका अन्य बैंकहरु सम्मिलित भएका थिए । स्थापनकालदेखि इथिकल बैंकिङ्ग, आर्थिक सुशासनलाई आत्मसात गर्दै पारदर्शिता बैंकिङ्ग सेवा उपलब्ध गराउँदै अघि बढेकाले अर्न्तराष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमामय र प्रतिष्ठा थप माथि पुग्ने गरि बैंक विश्वासनीयता ग्राहकहरु प्रति बढ्दै गएको छ ।
अन्तराष्ट्रिय अवार्डहरु पाउनुमा बैंकका सञ्चालक, कर्मचारीहरु, ग्राहकहरु र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहँदै आएको थियो । रु. साढे ३ (तीन) अर्ब भन्दा बढी चुक्ता पुँजी भएको राष्ट्रिय स्तरको विकास बैंक कार्ड आधारित ATM (ए.टी.एम) बैंकिङ्ग सेवामा अब्बल रहँदै ग्रााहकरुलाई सर्वसुलभ रुपमा बैंकिङ्ग सेवा दिंदै आइरहेको छ । त्यतिमाात्र नभै बैंकले सरल, सर्वसुलभमा ऋण (ग्राहकलाई) प्रवाह गर्दै आईरहेको छ ।
बैंकले आफ्नो स्थापना कालदेखि शेयधनीहरुलाई प्रत्येक वर्ष उच्चतम प्रतिफल दिंदै आईरहेको छ ।

