शत्रुघन श्रेष्ठ
निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक हो नबिल बैंक । बि.सं.२०४१मा निजी क्षेत्रका लगानीकर्ताहरुको लगानीमा स्थापना भएको नबिल बैंकले चार दशक पूरा गरि अग्रणी बैंकको रुपमा स्थापित हुन सफल भएको छ । यो अवधिमा विभिन्न उतारचढाव र आरोह अवरोहहरु पार गरेको नबीलले व्यवसायिक र सेवाका आधारमा आफूलाई चिनाएको छ । नेपाल अरब बैंकको रुपमा स्थापना भएको नबिल बैंकमा UAE (युनाइटेड अरब एमिरेट्स) का लगानीकर्ताहरु बाहिरिएपछि उद्यमी बिनोद चौधरीको परिवारले बहुमत शेयर आफ्नो मातहतमा लिएको थियो ।
सन् २०१२मा Three`D´(थ्रि.डि.)(सुरक्षित E-कमर्स)लागू गर्ने पहिलाे बैंक बन्याे।बैंककाे माेबाइल App.काे प्रयाेग सन्२०१३बाट गर्दैआएकाे थियाे।सन् २०१९ मा Face Book प्लेटफर्मबाट chat बो नबिलको शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र शुरु र NFC कन्ट्याक्टलेस pOS मेसिन प्रयोगमा ल्याइयो । सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा “नबिल डी.जि.बैंक” स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरुमा QR मार्फत Scan रwith drawसेवा प्रयोगमा ल्यायो र हरियो पिन प्रयोगमा ल्याउन सफल भयो ।
बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरु सुरुवात ग¥यो । जसअन्तर्गत “नबिल smart बैंक” एममा कार्डहरु एककिकृत गर्ने पहिलो बैंक बन्न सफल भयो ।
नबिल नगद मेसिन (NCM)प्रयोगमा ल्याई कोर बैंकिङ्ग प्रणाली फिनाकललाई १०.२५ मा स्तरोउन्नती गरियो ।
त्यसरी नै नबिल (डी.जि.) बैंक पोर्टनल सार्वजनिक गरियो । KYC बाट ग्रहक पहिचान गरी खाता खोल्न सकिने सेवाको शुरुआत गरियो । भर्चुअल आई कार्ड जारी गर्न समेत नबिलले थालनी गरिएको छ । नबिल बैंकले ठूलो परियोजनामा सह–बित्तीय करणको माध्यमबाट सेवा दिन वि.सं. २०४९ सालमै शुरु गरिसकेको थियो ।
सन् २०२२ मा “N” एन बैंकको शुरुवात गरेर नबिलले नेपाल मै पहिलो पल्ट “नियो बैंकिङ्ग” शुरुआत गर्न सफल भयो । आ.व. २०८०।८१ को जेठ मसान्तसम्ममा रु. ६ अर्व ३३ करोड खुद मुनाफा आर्जन गरी नेपालको सबै बैंक तथा वित्तीय संस्थाहरु मध्ये पहिलो नम्बरमा सदा सर्वदा कायम गराउन सफल भएको छ । बैंकमा लगानी गर्ने शेयर धनीहरुलाई सुरक्षित लगानी रहेको विश्वास दिलाउन सफल त बनिसकेको छ भने नबिलमा आफ्नो बचत राख्न पनि सर्वसाधारणहरुलाई ढुक्क बनाउन सफल भएको छ । देशको अहिलेको प्रतिकूल अवस्था, बनारमा देखिएको आर्थिक मन्दीको कारण, अर्थतन्त्रमा देखिएको संकुचनलाई छिचोल्दै बैंक कुशल नेतृत्वदायी भुमिका निभाउन सक्षम भएको छ ।
“नबिल बैंक सँगै अघि भन्ने मुल नाराका साथ (Go Further a head) ग्राहक तथा सरोकारवालासँग हातेमालो गर्दैै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङ्गमा जोड दिंदै आइरहेको छ र उच्चतम प्रविधिको प्रयोग गर्दै नबिलले २७२ शाखा सञ्जाल सहित २२ वटा भन्दा धेरै एक्सटेन्सन काउन्टर ३१६ वटा भन्दा बढी ए.टि.एम मेसिनहरुको प्रयोग गरी २२ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
लेखक श्रेष्ठ नबिल बैंककाे०४४ सालदेखिकाे पुरानाे शेयरधनी सदस्य तथा शेयर बिश्लेषक हुन

