चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता तथा बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै दाहालले आज प्रस्तुत रचना सबैलाई समेट्खालका को थिए,समाजका व्कृति पखाल्ने, संकिर्ण परिवेश मा समुन्द्रको छाल ठोक्कीएर नुन बनेजस्तै रस सिर्जनामा थिए भन्नहुँदै साहित्यको सेवा गरेर चन्द्रागिरिले १८८ औं श्रृङ्खला सम्म पुर्याएकोमा खुसी व्यक्त गर्नु भयो ।
साथै वाचित कविताको संक्षिप्त टिप्पणी गर्नु भई सुझाव समेत दिनु भयो ।
हरि प्रसाद ढकाल,खगेन्द्र बस्याल, तीला लेकालीले साहित्यको सेवामा चसाप्रनेको ११८८ औं श्रृङ्खला सम्मको योगदानको प्रशंसा गर्दै शुभकामना दिनु भई आफ्नो रचना सुनाउनु भयो ।
कवि संगीता खरेलको सफल उद्धघोषणमा अनी उत्तम भेटवालको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि श्रीजना खनाल,हरि प्रसाद ढकाल,साहित्यकारहरु उत्तम भेटवाल,भगवति दवाडी,सरला तिमल्सिना चन्द्रावती अधिकारी,शुशीला ढकाल,तिला लेकाली,अमृत कोइराल,तुलराज पाण्डे,महेस अधिकारी रोशन परियार लगयत १९ जना साहित्यकारहरुले कविता,खोरिया,गजल मुक्तक चारु आदि वाचन गरिएको थियो ।
खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया अक्षर गणना ८/८/८/५ २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरुप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हुन्छ भन्नु भयो । २९ अक्षरको खोरिया आफैमा पूर्ण हो तर शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै खोरिया र कविता सुनाउदै यहाहरुले समय दिएर कार्यक्रममा सहभागी भएकोले नै हामी आयोजकले कार्यक्रमलाई निरन्तरता दिन सकेको हो भन्नु हुँदै प्रमुख अतिथि दाहाल लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

