धर्म, अहिंसा र परम्परा
तोमनाथ उप्रेती
धर्म, आचार, विचार र संस्कार समग्र जीवनका अंगहरू हुन् र यी सबै विभिन्न धर्म, जस्तै हिन्दू, बौद्ध, इस्लाम, क्रिश्चियन, जैन, र यहुदी धर्मका सिद्धान्तहरूमा आधारित छन्। हिन्दू धर्मलाई सनातनी धर्म पनि भनिन्छ र यसले संसारको सबैभन्दा पुरानो लिपिबद्ध धर्मको रूपमा पहिचान प्राप्त गरेको छ। हिन्दू धर्ममा पशुको बली दिने कुरा वेद र गीता जस्ता पवित्र ग्रन्थहरूमा उल्लेख छैन। तथापि, नेपालमा केही चाडपर्वका दौरानमा अबोध जनावरहरूको सामूहिक हत्या प्रचलित छ, जसलाई अहिंसा र मानवता विरोधी ठानिएको छ।दशैं, तिहार जस्ता चाडहरूमा हजारौं जनावरहरूको हत्या गर्ने परंपरा, धार्मिक अज्ञानता र कुसंस्कारको रूपमा व्याख्या गरिन्छ। हिन्दू धर्मका शास्त्रहरू, जस्तै वेद र गीता, जीवको संरक्षणमा जोड दिन्छन् र कुनै जीवको बली दिने आदेश छैन। यसलाई पाप, असभ्यता र हिंसात्मक कृत्यको रूपमा देख्न सकिन्छ। धर्म र संस्कृतिका बीचको अन्तर बुझ्न महत्त्वपूर्ण छ । धर्म भनेको ईश्वरको निर्देशन हो भने संस्कृति समाजमा उत्पन्न भएका रीति(रिवाजहरू हुन्।
नेपालमा धर्म र संस्कृतिका बीचको सम्बन्धमा गहिरो अज्ञानता छ। धेरै परम्पराहरू, जस्तै गढीमाई बली प्रथा, देवी मन्दिरहरूमा दशैंको बली र सती प्रथा, हिन्दू धर्मसँग जोडिएका छैनन्, तर समाजमा यसलाई धर्मको रूपमा मानिन्छ। यी सबै कुसंस्कारहरू संस्कृति र परंपराका रूपमा समाजमा फैलिएका छन्, जुन विशेष गरी अज्ञानता र अन्धविश्वासका कारण भएका छन्।
धार्मिक दृष्टिकोणले, यदि कुनै प्राणीको हत्या वा बलि दिइन्छ भने त्यो धर्मको अधर्म पक्ष हो। हिन्दू धर्मको वास्तविक शिक्षा अहिंसा र शान्तिको आधारमा छ, र धर्मले कुनै पनि प्रकारको हिंसाको पक्षपोषण गर्दैन। बलि दिने कार्यमा निर्दोश प्राणीको हत्या र मानव कायरता देखिन्छ। पुराणहरूमा देवी(देवता र शास्त्रले पनि कुनै प्राणीको बलि मागेको छैन। यसका साथै, हिन्दू धर्मको वास्तविक शिक्षामा शाकाहारी र सात्विक जीवनको महत्व छ, जहाँ दया, प्रेम र करुणा प्रमुख छन्। संस्कृतिहरू, जुन समाजमा समयसँगै विकसित भएका छन्, धर्मको वास्तविक शिक्षामा आधारित छैनन् र यी कुसंस्कारहरू समाजको चुनौती बनेका छन्। बलि दिने परंपरा केवल अज्ञानता र अधर्मको परिचायक हो, जसले मानव सभ्यतालाई पछि धकेल्छ।
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध वा वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् ः यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन।
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघ्रिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन ९स्पर्श, स्मरण० गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु–तर्क प्रमाण प्रस्तुत गर्ने गरिन्छ।
नेपालमा दशैं र अन्य चाडपर्वहरूमा बलि दिने प्रथा परम्पराको रूपमा विकसित भएको छ। यद्यपि, अहिले बलि प्रथाविरुद्ध आवाज उठ्न थालेको छ र यसलाई अज्ञानता र आध्यात्मिक ज्ञानको अभावका रूपमा हेरिएको छ। धार्मिक दृष्टिले, बलि दिने कार्य गलत मानिन्छ, र यो अधर्म हो। शास्त्र र वेदमा कुनै पनि देवी(देवताले बलि मागेको छैन र यसलाई शास्त्रसम्मत पनि मानिँदैन। पशु हत्या र मांसाहारको प्रथा तामसिक कार्य मानिन्छ, जसका परिणामस्वरूप व्यक्ति मृत्यु पछि नर्कमा जान्छन् र पछि अपाङ्ग र गरीब कुलमा जन्मन्छन्। सनातन धर्ममा वेद, उपनिषद, गीता जस्ता शास्त्रको पालना गर्ने महत्त्व छ, जुन अहिंसा र शाकाहारी जीवनको पक्षमा छन्।
धार्मिक गुरुहरूले पशु हत्या र बलि प्रथालाई अस्वीकार गरेका छन्, र उनीहरूले मांसाहारलाई पनि बर्जित गरेका छन्। जीवनको मुख्य उद्देश्य प्रेम, दया, अहिंसा र आत्मनिर्भरता हो, न कि हिंसा र बलि दिने। बलि प्रथाको नाममा निर्दोष पशुहरूको हत्या गर्नु धर्मको सन्देशसँग मेल खाँदैन र यसले केवल दुख र पाप निम्त्याउँछ।अन्ततः, बलि दिने परंपरा धर्मको वास्तविक उद्देश्य र शास्त्रसँग असंगत छ र यसको अन्त्यको आवश्यकता छ।
अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।अन्धविश्वासको कालो बादल हाम्रो समाजमा यसरी मडारिएको छ कि हामी स्वतन्त्र भएर सोच्न पनि सक्दैनौं । जस कारण हामी गलत र सहि बिचको फरक पनि छुट्टाउन सक्दैनौं र बलि प्रथा, बोक्सी प्रथा, छुवाछूत प्रथा जस्ता अनेकौं कुप्रथा तथा कुसस्ँकृतिलाई अँगालिरहेका छौं ।दोस्रो कारण, राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु हो ।
राज्यको कर्तव्य कुरीति तथा कुप्रथाको अन्त्य गरी सभ्य समाजको सृजना गर्नु हो । तर बिडम्बना भन्नु पर्छ राज्यले आफ्नो कर्तव्य भुलेर कुप्रथाहरूलाई प्रश्रय दिइरहेको छ । राज्यमा अनिष्ठ केहि नहोस, जनकल्याण होस भन्ने नाममा र सोचे जस्तो हुन्छ भन्ने भ्रममा राज्यद्धारा विभिन्न शक्तिपीठहरूमा बलि तथा भेटी चढाउन परम्पराको रूपमा विकसित भएको छ भन्दा अतिश्योक्ति नहोला । परम्पराको नाममा राँगा बलिका लागि सरकारले आर्थिक सहयोग गर्नु जस्ता कार्यले राज्यले चेतन मनद्धारा नै बलि प्रथालाई प्रश्रय दिइरहेको आभास हुन्छ । नेपाल वायुसेवा निगमद्धारा वोयिङ्ग खराबहुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयक्त रुपमा बोकाको बलि दिएको सनसनीपूर्ण घटना पनि ताजा नै छ । प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिनु तथा भैंसी पूजा गर्नु जस्ता लज्जास्प्रद कार्यले नेपाली समाजमा अन्धविश्वासमा आधारित कुरीति तथा कुप्रथाहरूलाई बढावा दिइरहेका छन् । तेस्रो कारण, धार्मिक व्यक्ति तथा संघसंस्थाहरूबिच एकमत नहुनु हो ।
देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो देखिन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।पशुबलि चढाउने कुरीति तथा कुप्रथाले हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्ने गरको छ । एकातिर हामी सबै प्राणी भगवानको सन्तति हौँ पनि भन्ने अनि अर्कातिर अबोध र निर्दोष प्राणीको हत्या गरि भगवानलाई खुशी पार्ने नाममा अबोध पशुको बलि चढाउने । के देवीदेवताहरू रगतका प्यासी छन् रु के उनीहरू बलि चाहन्छन् रु रगत माग्छन् रु त्यो पनि आफुले सृजना गरेको सन्तानको घाँटी रेटेर चढाएको रगत रु
केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
धर्मसँग पशुबलि जोड्नु कतिको जायज होलारु वास्तवमा धर्मसँग पशुबलि जोड्नुमा न त कुनै तुक छ, न त कुनै तर्क । तर अहिलेको अभ्यस्त परम्परागत प्रवृत्तिलाई नियाल्दा धर्म पनि दुई प्रवृत्तिका देखिन्छन् । एउटा बलि प्रथालाई अनिवार्य रूपमा स्वीकार्ने र अर्को बलि प्रथालाई विशुद्ध रूपमा अस्वीकार गर्ने १ एउटा निर्दोष पशुको घाँटी रेटेर उसकै आमा ९देवी०लाई रगत चढाउने र अर्को यस धर्तीमा सबै प्राणीको उत्तिकै अस्तित्व छ भन्ने । एउटा हिंसाको बाटो हिँड्न सिकाएर हिंस्रक बन्न सिकाउने र अर्को अहिंसाको पाठ सिकाउने रु
धर्म भनेको आफूले आफूलाई उजागर गर्ने एउटा बाटो हो । त्यसैले अब हामीले आफूले आफूलाई सोध्ने बेला आएको छ । हामी कुन धर्म वा बाटो रोज्न चाहन्छौं रु के हामी सभ्य समाज निमार्ण गर्ने बाटो अँगाल्ने हो या असभ्य समाज निर्माण गर्ने बाटो अँगाल्ने हो रु अन्धविश्वास मुक्त समाज उन्मुख बाटो अपनाउने हो या अन्धविश्वासलाई प्रश्रय दिने बाटो अपनाउने रु अहिंसाको बाटो हिँड्न सिकाउने बाटो अँगाल्ने या हिंसाको बाटो हिँड्न सिकाई हामीलाई हिंस्रक बनाउने बाटो अपनाउने रु अब हामीले सोच्ने र यात्रारूपी जीवनमा बाटो रोज्ने बेला आएको छ ।
अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ , हामिले श्रध्दा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामिलाई आशिरवाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्त्र र शक्ति साधना विस्वास गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् । हो मासु खानैका लागि मात्र मन्दिरमा लगेर परम्परा अनि श्रध्दा भक्तीका नाममा आडम्बरितामा बली पुजा गर्दै बोका काट्न लगायर मासु खानु र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।
हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो।
तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ।
तर पशुहिंसाबाट प्राप्त हुने मासु आफूलाई हिन्दू बताउने र वौद्ध बताउने धेरैले खाने गरेका छन्। जिभ्रोलाई नियन्त्रण गर्न नसक्ने उनीहरू बुद्धले समेत मासु खाएका थिए भनेर कुतर्क गर्छन्। चलन र प्रथाको कुरा झिक्छन्। तर सनातन शास्त्र प्राणीमैत्री छ। सनातन शास्त्रहरूमा प्राणी मारेर बलि दिने कुरो उल्लेख गरेकै छैन। शास्त्रले त रिस, राग, लोभ, मोह, मद र मात्सर्य जस्ता पशुको जस्तो गुणलाई त्याग्नु पो भनेको छ।
सबै सन्दर्भको सार हो, हामी कमाउने नाउँमा, ज्यान हाल्ने नाममा, कतिपय ठाउँमा भगवानकै नाम लिएर प्राणीहत्या गरिरहेका छौँ र धर्मको खिल्लि उडाइरहेका छौँ। हामीलाई वर्षौँदेखी त्यस्तै चलन र स्वाद सिकाइयो। हामीलाई त्यही सही लाग्दै गयो। हामी स्वाद र चलनमा अल्मलिँदै गयौँ। तर थोरै प्रयास गर्ने हो भने हाम्रो सनातन करुण दर्शनको पालना हुनेछ। फेरि मासु नखाँदा शरीरलाई कुनै हानि छैन। विज्ञानले धेरै अघि प्रमाणित गरिसकेको छ कि वनस्पतिबाट प्रोटिन, भिटामिनलगायत आवश्यक तत्व वनस्पतिबाटै सम्भव छ।
पशुबाट प्राप्त हुने प्रोटिन र फ्याट रोगका कारण भएको पनि प्रमाणित भईसकेको छ। त्यसमाथि, गाई, घोडा, भैंसी, हात्ति, अर्ना र मृगलगायत हजारौं प्राणीहरू केवल वनस्पति भोजन गर्छन् र उनीहरू अत्यन्त बलिया छन्। हामीले मारेर खाने प्रायः सबै पशु स्वयं विशुद्ध शाकाहारी ९भिगन० हुन्। हामीहरू जस्तो उनीहरू बुढो हुन्जेलसम्म अन्य पशुबाट प्राप्त हुने मासु, दहीदूध, घिउ, मोही पनिर, बटर, चिज केही पनि खाँदैनन्। हामी एक जनाले मात्र माशु छोड्दा हाम्रो जीवनकालमै हजारौँ पशुपन्छी मारिनबाट बच्नेछन्। पशु उद्योगको अत्याचार, निर्दयता र ंिहसा पनि कम हुनेछ। त्यसैगरी मदिरा सेवन गर्न छाड्यौँ भने हजारौँ हजारौँ रक्सि बनाउन प्रयोग हुने अन्न जोगिनेछन् र भोकबाट ग्रस्त मानव र अन्य प्राणीले त्यो अन्न खान पाउनेछन्।
खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एवं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ।
घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्।
धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन रु आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन रु कायरता होइन रु
अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला रु यो त वात्सल्यकै घोर अपमान भएन रु के यस्तो भक्ति हुनसक्ला रु के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने १ के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् रु सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।
पद्मपुराणको पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच संसवादको प्रसंगमा भनिएको छ– हे शंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, वंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ। त्यसो व्यक्ति मृत्युपश्चात् नरकमा जान्छ। वास्तवमा हामीले बलि प्रथाको अन्तरनिहित सन्देशमूलक भाव बुझ्न सकेनौं । बलि दिनु भनेको त्याग गर्नु हो र हामी भित्र रहेका काम, त्रोध, लाभ, मोह घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु हो १ र यो नै सहि अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता हो या बेबुझता, हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । यस प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनु बाहेक अरू केहि गरेको छैन । अतः अब हामीले निर्मम पशुबलिलाई रोक्नु पर्छ । मठ मन्दिरलाई बधशाला बन्नुबाट रोक्नुपर्छ । प्रेम र शान्तिको सन्देश बोक्ने धर्मलाई पशुबलिसँग जोड्नु हुँदैन । कुनै पनि धार्मिक मेलालाई पशुबलि महामेला बनाउनु हँदैन, बन्न दिनु हुँदैन । खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ। पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ ।
पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।
मानिस बढी चेतनशिल भए, नियम कानुन् बन्यो, अनि त्यसो गर्न पनि रोकियो। त्यस्तै बाल–विवाह रोकियो, चन्द्र शम्शेरबाट सती प्रथा पनि रोकियो। २३७ बर्षको राज– शाशनकै अन्त्य हुने देशमा यी कूरीतिहरू पनि अन्त्य गर्नु असम्भव काम होइनन्। धर्मको सहि तरीकाले पालना गर्दै सभ्य र समुन्नत समाजको सपना देख्ने हो भने यी सम्पुर्ण कूरीतिहरू हटाउनु या कम्तिमा सुधारको सुरुवात गर्न अत्यावश्यक छ। सृष्टि रचनाको विरुद्ध जाने मानव वा मानव समुहलाई संहार गर्न सकिने विभिन्न पौराणिक युद्व र गीता शास्त्रमा समेत उल्लेख छ । तर, अवोध प्राणीको होइन । मठ मन्दिरहरुमा गरिने पशुबध तुरुन्त अन्त गरिनु पर्छ । उत्कृष्ट हिन्दू संस्कार र वेद र गीताले देखाएको दर्शनलाई निर्विरोध लागू गरौं । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं ।
निष्कर्षमा, धर्मको नाममा अबोध जनावरहरूको हत्या गर्नुलाई अन्यथा र कुसंस्कारका रूपमा निराकरण गर्नुपर्ने आवश्यकता छ । यसले समाजमा हिंसा र असभ्यताको मात्र वृद्धि गर्छ। धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं । धर्मको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। उप्रेती नेपाल सरकारका उपसचिव हुन्।०

