शिवकुमार श्रेष्ठ (शिवांसु)
मानिसले आर्थिक, सामाजिक, आध्यत्मिक विकाससगंै भौतिक विकाशका पूर्वाधारका साथै विज्ञान र प्रविधिको विकास गरि अन्तरिक्ष तर्पm ध्यान आकृष्ट गरेका छन् । सन् १९५७ मा सोभियत संघद्धारा पहिलो स्याटलाइटको प्रक्षेपणले उद्घाटन गर्यो । ६० वर्ष अघि नै युरिन गागरिनले अन्तरिक्षमा पहिलो पटक पहिला टेकेका थिए । गागरिनले पृथ्वीमा फर्कन अघि यस ग्रहलाई १०८ मिनेटमा चक्रर लगाएका थिए । सन् १९९० अप्रिल २४ मा नासाले डिस्कभरी नामक अन्तरिक्ष यान प्रक्षेपण गरियो । यस यानले हबल नामक आकाशमा रहने शक्तिशाली दुरदर्शी यन्त्र बोकेको यिथो । पृथ्वीको कक्षमा रहेर काम गर्न थालेको तीन दशक पछि अहिले हबलको युग अवसान हुन लागे जस्तो देखिन्छ । १३ जुलाई देखि हबल संञ्चालनमा अत्यन्तै महत्वपूर्ण एक भागले काम गर्न छाडेको छ । ३० जुन सम्म हबले काम गरेको थियो । हबल पृथ्वीबाट ४८० किलो मिटर माथि छ । सन् २०११ मा नासाले हबलको स्पेस सतलको उडान बन्द गरेपछि उडान सम्भव छैन् । बृटिस अर्वपति रिर्चड व्रानसनले जमिन भन्दा ८५ कि.मी माथि उडान भरेर सफल अन्तरिक्ष उडानलाई अन्तरिक्ष पर्यटन उधोगको महत्वपूर्ण सफलता मानिएको छ । व्रानसन १७० कि.मीको अन्तरिक्ष उडानमा प्रति यात्री,प्रति कि.मी १२ के.जी कार्बन डाईअक्साइड कार्बन उत्सर्जन हुन्छ । केहि मिनेटका लागि सून्य गुरुत्वको अनुभवका लागि यति उत्र्सजन हुनु निकै धेरै हो । अन्तरिक्षयानमा हाइड्रोजन र अक्सिजनको इन्जिन प्रयोग हुने र तिनले कार्वन उत्र्सजन नगर्ने कम्पनीको दावी छ । तथापि हाइड्रोजन पनि पेट्रोलियम पर्दाथबाट बनाइन्छ । जसको निर्माण क्रममा कार्बन उत्र्सजन हुन्छ । व्रानसनको तुलनामा दुरी गागरिनले हासिल गरेको सफलता निकै ठूलो हो । अहिलेका अर्वपति अन्तरिक्षको चासो तिनको शक्ति प्रदर्शन गर्ने र मुनाफा हात पार्ने सपनाबाट प्ररित छ । वानसनको उडान ठिक ९ दिन पछि खर्वपति जेफ वेजोसले आफ्नो कम्पनी ब्लुओरिजिनको रकेट मार्फत अन्तरिक्ष यात्रा गरे । उनले पृथ्वीको सतह भन्दा १०६ कि.मी माथि पुगेर सून्य गुरुत्वआकर्षणको अनुभव गरे ।
वैज्ञानिकको पहिल्लो अध्ययन अनुसार रकेटले हवाई जहाज भन्दा प्रतियात्री सय गुना बढी कविन हाईअक्साइड उत्सर्जन गर्छ । अव खर्वपतिको अन्तरिक्ष पर्यटन उद्योगले वातावरणीय विनास र मानव जातिले भोगि रहेको अस्तित्व संकटलाई थप तिव्र बनाउने छ । यसरी शून्य गुरुत्वको अनूभबका खातिर सिंगो वायु मंडलका साथै अन्तरिक्ष कक्ष समेत प्रदूषित गरेका छन् ।
नासाको इतिहासमा पहिलो पटक महिला अन्तरिक्ष यात्री क्रिस्टीना कोच र जेसिका मरे अन्तरिक्षमा हिड्ने पहिलो महिला हुन् । उनीहरु अन्तरिक्षको एउटा पावर कन्ट्रोल मर्मत गर्न अन्तरिक्ष स्टेशन बाहिर गएका थिए । सन् १९७८ सम्म महिलालाई नासाको अन्तरिक्ष कार्यक्रममा अनुमति थिएन । रुसी ५९ वर्षीय कोनोनेले अन्तरिक्षमा सबै भन्दा बढी १ हजार दिन पाचौ पटकको अन्तरिक्ष यात्रामा विताई विश्वर्कीतिमान खडा गरिन । यस भन्दा अघि रुसी पेडाल्काले अन्तरिक्षमा ८७८ दिन विताएका थिए । हालसम्मको अन्तरीक्ष यात्राको क्रममा अन्तरिक्षमा २१ जनाले ज्यान गुमाएका छन् । हाल सम्म चन्द«मामा १२ जना अन्तरिक्ष यात्रीले पाइला टेकिसकेका छन् । सर्वप्रथम सन् १९७१ मा एपोलो ११ बाट ३ जना अमेरिकी अन्तरिक्ष यात्रीले चन्द«मा पुगेका थिए । सर्वप्रथम चन्द« धरातलमा पाइला टेक्ने निल आङस्ट्रोङ हुन् ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले अन्तरिक्षमा युद्ध गर्न सक्षम अन्तरिक्ष फौज घोषण गरेका थिए । जसका लागि ७३८ अर्व डलर खर्च विनियोजन गरेका थिए । यसको अर्थ अमेरिकाले प्रयोग गरेका सयौं स्याटेलाइटको रक्षा र निगरानी गर्ने छ । चीन र रसियाले अन्तरिक्षमा उपलब्धी हासिल गरि रहेको बेला अमेरिकाको नयाँ फौज गठन भएको हो । अन्तरिक्षको वातावरण पछिल्ला वर्षहरुमा आधारभूत रुपमा परिवर्तन भएको छ । कुनै बेला शान्तिपूर्ण र प्रतिस्पधी नभएको क्षेत्र अहिले भिडभाड युक्त बनेको छ । अमेरिकी अर्वपति एलन मस्कले स्पेसएक्स कम्पनी मार्पmत मंगल ग्रहमा दैनिक तीन उडान भनै र प्रत्येक उडानमा एक सय पृथ्वीवासीलाई मंगल ग्रहमा लाने रोमाञ्चक परियोजना अघि बढाएको छ । मस्कको कम्पनी स्टारलिंक परियोजना अन्तर्गत अन्तरिक्षमा ४० हजार स्याटेलाइट स्थापित गरेर युगान्तकारी परिवर्तन गर्न चाहान्छन् । उनको कम्पनीलाई १२ हजार स्याटेलाइट प्रक्षेपण गरि अन्तरिक्षमा स्थापित गर्ने अनुमति प्राप्त भइ सकेको छ । जसमध्ये हजार बढी स्याटेलाइट स्थापित गरि सकेका छन् । आजको मितिमा सबैभन्दा बढी स्याटेलाइट स्टार लिंक परियोजनाकै छन् । केहि वर्षमा स्पेस एक्सका ४० हजार स्याटेलाइट अन्तरिक्षमा स्थापित भई पृथ्वीको परिव्रmमा गरि रहने हुनेछ ।
स्पेस एक्सले सन् २०५० सम्म १० लाख मानिसलाई मंगल ग्रहमा पु¥याउने योजनामा अवौ डलर लगानी गरि रहेको छ । सन् २०२१ को १८ फेव्रवरीमा नासाको महत्वकांक्षी अभियान अन्तर्गत रोवर पर्सिवरेन्सले मंगल ग्रहको जेजेरो क्रेटरमा ल्यान्ड गरेपछि एलनले सपना साकार हुने ठानेका छन् । स्टारलिंक परियोजनाले चन्द«मा र मंगल ग्रह दुवैलाई पृथ्वीसंग भर्चुअल्ली जोड्न चाहन्छ । उनीहरु ४० औं हजार उपग्रह स्थापना गरेर इन्टरनेट संजाल खडा गर्न लगानी गरिरहेका छन् । वैज्ञानिकहरुले करिव ६० वर्षदेखि मंगल ग्रहमा अन्तरिक्ष यान पठाए र त्यहाँको जीवन संम्भावना खोजीरहेको छ । तर हालसम्म मंगल ग्रहमा जीवनको कुनै संकेत देखिएको छैन् । कुनै पनि ग्रहमा जीवनको अस्तित्व छ कि छैन भनेर निश्चित हुन ,वैज्ञानिकहरुले वायो सिग्नेचर अर्थात जीवित वस्तुले बनाउने अणु वा धेरै अणुको संयोजन पत्ता लगाउनु हो ।
वेजोसको लक्ष्य पनि महत्वकांक्षी छ । उनका ब्लु ओरिजन मार्पmत विशाल अन्तरिक्ष यान बनाउने लक्ष्य छ । ब्लु ओरिजनले एक दिन कयौं माइल लामो विशाल संरचना बनाएर १०लाख मानिस अन्तरिक्षमा पु¥याउने लक्ष्यका साथ अघि बढि रहेको छ । हालसम्म चन्द«मामा १२ जना अन्तरिक्ष यात्री गइसकेका छन् । संसारका वैज्ञानिक र प्रविधिहरुले हरेक दिन नयाँ नयाँ आविष्कार र खोज गरि रहेका छ ।
हाल दक्षिणी जापानको टाने गासिको स्पेस सेन्टरबाट अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पृथ्वीको कक्षमा रहेको स्पेश जंक हटाउने लक्ष्य सहित एक स्वचालित माल वाहक जहाज वा कार्गोसिप गत डिसेम्मबर ९ मा प्रक्षेपण गरेको थियो । मानव रहित उत्त स्पेसक्राफ्टको नाम कोनोटरी राखिएको छ । जुन जापानी (व्ब्ह्ब्) द्धारा बनाइएको हो । एक करोड भन्दा बढी फोहरका टुक्राहरु सफा गर्न सक्ने क्षमता भएको उक्त कार्गो सिपमा डेढ माइल लामो टेथर अर्थात जाली जडान गरिएको छ । सोभियत संघद्धारा सन् १९५७ मा गरिएको स्पुतनिक स्याटेलाइटको प्रक्षेपणसंगै करिब ५० हजार वर्ष भन्दा पहिले देखि अन्तरिक्षमा फोहरहरु संचित भइरहेको छ । नासाका अनुसार करिव १० करोड भन्दा बढी स्पेस जंक रहेको छ । सोलर फिजिसिस्ट डा. साइमन फस्टरका अनुसार स्पेस जंक भनेको पुरानो स्याटेलाइट रकेटका टुक्र उपकरण जस्ता कवाडी र अन्तरिक्ष यात्रीका मलमुत्र ,पाकेजिङगका सामान, पुराना सामान, विग्रेका यानका पार्टपूर्जा जस्ता कवाडी वस्तुहरु हुन् । १७,५०० माइल प्रति घण्टाको गतिमा स्पेस जंकहरुले पृथ्वीको कक्षमा घुमि रहने हुनाले विश्वका अर्वाइटल टेलि कम्युकेशन संजाललाई नष्ट पार्न सक्छ । फोहोरका साना टुक्राहरुले समेत स्पेश क्राफ्ट तथा स्याटेलाइटहरुलाई उच्च गतिमा घुमिरहेको बेला क्षति पु¥याउन सक्छन् । स्पेस जंक सफा गर्न अन्तरिक्ष तर्पm उडेको यानले पानी , स्पेयर पार्टस तथा नयाँ परिक्षणका निम्ति आवश्यक हार्डवेयरहरु समेत लगेको छ । जापानी (प्क्ष्त्भ्) नामक उक्त परियोजनाले ७ सय मिटरको जालीको सहायताद्धारा फोहरहरु संकलन गर्ने छन् । उक्त इलेक्ट्रोम्याग्नेटिक जालीमा विधुत प्रसार हुने वित्तिकै पृथ्वीको चुम्कीय र इलेक्ट्रीक करेट विच संयोजन भई फोहोरहरु संकल्न हुनेछ । हालको स्पेश वाता वरण स्पेशक्राफ्ट् तथा अन्तरिक्ष यात्रीहरुको निम्ति झन जोखिम पूर्ण हुदै गएको छ ।
स्टील तथा आल्मुनियमको तारवाट बनाइएको जालीमा संकलित स्पेस जंकलाई प्यासीफिक ओसनमा नष्ट गरिने छ । जापानी (KITE) नामक उक्त परियोजना ले एकसातासम्म अन्तरिक्षमा रहेको फोहोरहरु सफाइ गरी स्पेस सुरक्षामा सुधार गर्नुका साथै त्यस सम्बन्धि नयाँ विधि तथा प्रविधिको ढाचाँ अन्वेषण गर्ने बताएको छ । हामीले विश्व र अन्तरिक्षलाई हेर्ने दृष्टिकोण र दायरा फराकिलो बनायौं भने सुरक्षित अन्तरिक्ष यात्रा गर्न संभव छ ।

