झापा क्षेत्र नं.५ अहिले देशकै राजनीतिक बृतमा चर्चाको शिखरमा छ।जहाँ दुईवटा ठूला अतीबादीहरु ओली र बालेन भिड्दैछन् ।यहि ठाउमा मलाई नेपाली कम्युनिस्ट पार्टीले उठाएको छ। म यो आलेख मार्फत यसो भन्न चाहान्छु-हामी यस्तो राजनीति गर्छौँ, जहाँ विद्यार्थीको आवाज दब्दैन—बरु नीति निर्माणको केन्द्रमा पुग्छ। जहाँ रोजगारी माग्नुपर्ने बाध्यता हुँदैन, किनकि राज्य स्वयं रोजगारी सिर्जना गर्ने जिम्मेवारी लिन्छ। जहाँ पहुँचले होइन, क्षमताले अवसर पाउँछ। यही राजनीति आजको पुस्ताको आवश्यकता हो, र यही म अघि बढिरहेको छु।
आज देशको ठूलो समस्या बेरोजगारी, भ्रष्टाचार र अवसरको असमान वितरण हो। युवा शक्ति सडकमा नारा लगाउन प्रयोग भएको छ, तर निर्णय गर्ने ठाउँमा पुग्न दिइएको छैन। रन्जित तामाङको राजनीति यसैको प्रतिवाद हो। युवालाई प्रयोग होइन, निर्णयकर्ता बनाउन चाहनुहुन्छ। किनकि देश बदल्ने शक्ति युवाकै हातमा छ—यदि उनीहरूलाई भरोसा गरियो भने।
भ्रष्टाचारसँग सम्झौता गर्ने संस्कारले राज्यलाई खोक्रो बनाएको छ। हामी त्यो संस्कार तोड्न चाहन्छौँ। मरो अडान स्पष्ट छ—भ्रष्टाचारसँग कुनै सम्झौता हुँदैन, भ्रष्टाचारी जेलमा कोचिन्छन्। कानुन सबैका लागि बराबर हुन्छ, चाहे ऊ शक्तिशाली किन नहोस्।
हामी सत्ता खोजिरहेका छैनौँ, प्रणाली बदल्न निस्केका हौँ। व्यक्ति फेरिँदा अनुहार बदलिन्छ, प्रणाली फेरिँदा इतिहास बदलिन्छ। यही विश्वासका साथ रन्जित तामाङ माटोलाई साक्षी राखेर इतिहास बदल्न निस्कनु भएको छ। यो यात्रा व्यक्तिगत लाभको होइन, सामूहिक भविष्यको हो।
अब राजनीति डरले होइन, दृष्टिले चल्नुपर्छ। खोक्रा भाषणले होइन, स्पष्ट विचार र ठोस नीतिले चल्नुपर्छ। जनतालाई भ्रममा राख्ने पुरानो शैली होइन, प्रश्न गर्न सक्ने र जवाफ दिन सक्ने नयाँ राजनीतिक संस्कार आवश्यक छ। त्यसैले हामी भन्छौँ—तपाईं प्रश्न गर्नुहोस्, रन्जित तामाङले सबैको प्रश्नको जवाफ दिनेछन्।
आज झापा–५ मात्र होइन, देशभरि परिवर्तनको आवाज उठ्दैछ। यो आवाज युवाको हो, श्रमिकको हो, किसानको हो, विद्यार्थीको हो। यही आवाजलाई सदनसम्म पुर्याउन, यही दृष्टिलाई व्यवहारमा उतार्न सक्नु पर्छ।किनकि अब राजनीति युवाको नेतृत्वमा, विचार र नीतिको बलमा अघि बढ्नुपर्छ।

