काठमाडौँ । टर्किस एयरलाइन्सको एक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।
इस्तानबुलबाट सोमबार (आज) बिहान काठमाडौँ आएको टीके–७२६ कलसाइनको विमान ल्याण्ड गर्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार यात्रुहरुलाई आपत्कालीन ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको छ । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
विमानको चक्कामा आगो लाग्नुको कारण र अन्य प्राविधिक अवस्थाबारे विस्तृत जाँच भइरहेको बताइएको छ ।

