–विश्वनाथ खरेल
विश्वको बदलिदो परिस्थितिको परिणाम स्वरुप प्रत्येक राष्ट्रले स्वतन्त्ररुपमा बॉच्न पाउंने अधिकार सवैलाई दिएको छ । आज संसारका के विकसित के विकासोन्मुख राष्ट्रहरुलाई प्रजातन्त्रको आवश्यकता परेको छ ? जसले गर्दा प्रजातन्त्रबादी भएर बाँच्न चाहने तमाम मानिसहरु छन् । भनिन्छ कि जनताको इच्छा तथा आकांक्षा बमोजिम संचालन हुने व्यवस्था नै प्रजातन्त्र हो । प्रजातन्त्रमा जनताको बोलवाला, कदर गरिने हुन्छ जसमा कि जनताको बहुमूल्य मतको आधारमा सरकारको निर्माण हुन्छ । यसरी जनताको मनोभावना बुझेर कार्य गर्ने सरकारलाई नै प्रजातन्त्रबादी या बहुदलीय शासन व्यवस्था भनेर भनिन्छ । यसै कारणले गर्दा प्रजातन्त्रमा जन भावनालाई बुझेर मात्र शासन गर्ने प्रणालीलाई नै प्रजातन्त्रको ज्वालन्त उदाहरण दिन सकिन्छ । यसै परिप्रेक्ष्यमा आज आफूलाई प्रजातन्त्रबादी भन्ने राष्ट्रहरुले यसै अनुरुप आफ्नो राष्ट्रको शासन व्यवस्था संचालन गरेका छन् ।
विश्वका कतिपय राष्ट्रहरुले प्रजातन्त्रको सदुपयोग गरेको देखेर नेपाली जनताले पनि यस दिशातर्फ प्रयास नगरेको होइन । यसरी धेरै वर्ष पहिले देखि नै नेपाली जनताले प्रजातन्त्रको लागि सक्दो योगदान गर्दै आएका थिए । यसको साथसाथै तीन दशकसम्म कालरात्रीको रुपमा जगडिएको पञ्चायती व्यवस्थाको जरो ज्यादै गहकिलो थियो जसलेगर्दा यसलाई ओखल्नु त्यति सजिलो कुरा थिएन । यसैबीच जव आ–आफ्नै राजनैतिक सिद्धान्त, चरित्र र उदेश्य बोकेका बामपन्थी एवं प्रजातान्त्रीक शतिmहरुले पंचायती निरंकुश सत्ताको अन्त्य र संसदीय प्रजातन्त्रको प्राप्तीका निम्ति संयुतm भै संधर्षमा उत्रनु पर्ने दायित्व बोध गरे तब नेपाली जनतामा उत्साहको सञ्चार हुनपुग्यो फलतः वि.सं. १९९७ साल, ००७, ०१७, ०३६, ०४६ र २०६२÷०६३ को जनआन्दोलनमा नेपाली जनताले विभिन्न चरणहरु पार गर्दै आएका थिए ।
देशमा प्रजातन्त्रको पुनर्वहाली भएको धेरै वर्ष वितिसकेको छ । प्रजातन्त्रको पुनः प्राप्तिसंगै देशमा प्रजातान्त्रिक शतिmहरुले पालैपालो सरकार गठन गरेर शासन संचालन गरिसकेका छन् । नेपाली जनताले कांग्रेसको बहुमतको सरकार मात्रै होइन् नेकपाको एकलौटी सरकार, को शासन अवधिसमेतको मूल्यांकन र अनुभव समेत गरिसकेका छन् । नेपाल अधिराज्यको संविधान २०७२ ले व्यवस्था गरेको सरकारको सवैखाले संरचनालाई जनताले नजिकबाट छानिसकेका छन् । यो जनता र देशकै गैरवको विषय हो आज आएर सवै नेपालीहरुले प्रजातन्त्रको फल समान रुपले चाख्न पाउंने सुर्वण अवसर प्राप्त भएको छ । प्रजातन्त्र भन्नाले गलत अर्थ नलगाई सहि अर्थ तिर लाग्नु पर्दछ कि जसमा कुनै व्यतिmले आफ्नो अधिकार प्रयोग गर्दा कसैको अधिकार हनन नहोस् । अतः सवैले समनरुपमा प्रजातन्त्रको मूल्य र मान्यतालाई अंगिकार गर्न सकुन । त्यहि देशलाई नै स्वच्छ प्रजातन्त्रवादी देश भन्न सकिन्छ । यसै सन्दर्भमा आब्राहम लिंकन, सीले, डायसी, हल आदि जस्ता विद्धानहरुको विचारमा पनि प्रजातन्त्रमा –“जनताको , जनताको लागि, जनताद्धारा शासन हुनु, शासनमा प्रत्येक व्यतिmको हिस्सा हुनु, राष्ट्रको अधिकांश भाग शासक हुनु, राजनीतिक संगठनमा जनताको नियन्त्रण रहनु र राज्य–शासनको सर्वोच्च सत्तामा जनताको अधिकार हुनु नै हो ” । यस वाक्यले पनि प्रजातन्त्रको सिङ्गो रुपलाई प्रतिविम्व गर्दछ । प्रजातन्त्रमा सरकारको विरुद्ध तुरुन्त प्रतिक्रिया जनताले गर्न सक्छन् जसले गर्दा सरकारले पनि जनताले के चाहेको छ सो अनुरुप कार्य गर्दै जाने प्रक्रिया विद्यमान छ । यस व्यवस्थामा जनताले मै मूल्याकन गर्दै जाने छन् । जुन आवाज अनुसार नाच्न सक्नु नै यस व्यवस्थाको सवैभन्दा ठूलो उपलव्धी वा त्यो नै प्रजातन्त्रबादी सरकार भनेर मानिन्छ । यस व्यवस्थामा सवै वर्गको हित र कल्याणलाई ध्यानमा राखेर कार्य गरिन्छ । यसमा कुनै पनि पक्षको भेदभाव गरिने गरिपाटि हुदैंन् । राष्ट्रमा बस्ने सम्पूर्ण जनतालाई समान व्यवहार, समान अधिकार दिइएको हुन्छ । यसभित्र पनि विभिन्न किसिमका संध संगठनहरुलाई मूर्तरुप दिईएको हुन्छ । जसलेगर्दा उनीहरुले संगठन मार्फत सोझै आफ्नो मनमा लागेको कुरा सरकार समक्ष व्यतm गर्न पाउंछन् । उनीहरुको समस्याको समाधान सरकारले गरिदिर्नु पर्ने हुन्छ । यसरी जनताको आत्मबल बढ्नुको साथै आफ्नो कार्यमा अगाडि बढ्न प्रोत्साहित हुन्छन् । राष्ट्रको भविष्य निर्माण गर्नमा सवै एकजुट हुन सकिन्छ । यसरी नै एकातिर जनताको आवश्यकता परिपूर्तिको साथसाथै राष्ट्रको उन्नति पनि दिनप्रतिदिन बृद्धि हुदैं जान्छ । यस्को मूख्य कारण नै चेक एण्ड बालेन्स जनता स्वयंनै भएको कारणले गर्दा हो । जसमा जनताले जनताका लागि जनतैद्वारा गरिने प्रजातान्त्रिक प्रणाली दुनियामै कहलिएको राजनीतिक व्यवस्था हो ।
अन्त्यमा भन्नुपर्दा विश्वको बहुसंख्यक राष्ट्रहरु प्रजातन्त्र प्रश्चात विकसित भएको उदाहरण पाउंछौ । यसकारण समष्टिरुपमा अध्ययन गर्दा बिकासको मेरुदण्डको रुपमा प्रजातन्त्रलाई लिन सकिन्छ । राजनीतिक शास्त्रीहरुको भनाई पनि छ जवसम्म कुनै पनि राष्ट्र प्रजातन्त्र हुन सक्दैन तवसम्म त्यो राष्ट्र विकसित हुन सक्दैन । आजको बदलिदो आवहवामा प्रजातन्त्रको लहरले विश्वव्यापी गुन्जायमान स्थितिमा नेपाल मात्र अछुतो रुपमा रहन सक्दैन् । नेपालमा पनि २०६२÷०६३ को १९ दिने जनआन्दोलनपछि के पहाड, के तराई, के हिमाल सवै क्षेत्रमा प्रजातन्त्रको लहरले तछाड–मछाड गरी मडाँरिएको छ । प्रजातन्त्रको मिर्मिरेले भोलीको भावी कर्मठ सन्ततीहरुको जन्म यस पूण्यभूमिमा अवश्य नै हुने छ । आजको ऐतिहासिक लेखोटले भोलिको प्रजातन्त्रबादीहरुको आशालाई एकाकार गर्ने नै छ । प्रजातन्त्र नै जनताका लागि र जनता नै प्रजातन्त्रको लागि भएको हुनाले यी दुईमा धनिष्ठ अन्तर सम्वन्ध हुनुको साथै सरकारको स्वस्थ प्रतिक्रिया गर्न पाउंनु नै सच्चा प्रजातन्त्रको सहि अभ्यास हो । अब हाम्रो देशमा वामगठबन्धको नयाँ सरकार गठन भई सकेको अवस्था छ । यस सरकारबाट जनताले धेरै आशा तथा भरोसा गरेका छन् । त्यो आर्थिक समृद्धि, रोजगारी, विकास, स्थिरता, सुरक्षा, शान्ति आदि ।

