काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औँ महासभामा सहभागी हुन टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
उनको टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया समेत सहभागी छन्। वैशाख २ गतेदेखि ६ गतेसम्म आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ।
यसका साथै, उनले विभिन्न देशका संसद प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन्। असंलग्न आन्दोलन संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा पनि अध्यक्ष दाहालले मन्तव्य राख्ने कार्यसूची रहेको छ।
भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

