काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनको सत्यतथ्य जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै थापाले प्रतिवेदन सार्वजनिक गरी त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

