काठमाडौं। लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। नेकपा (एमाले)बाट प्रफेश सभामा निर्वाचित उनलाई आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। यसअघि बालेन्द्र शाह काठमाडौं महानगरको मेयर रहँदा उनको घरबाट एक बालिकाको उद्धार गरिएको थियो।
उक्त घटनाबारे शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमार्फत पीडित बालिकालाई हौसला दिँदै ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ लेखेका थिए।
उनले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्यका लागि शिक्षा र सामाजिक चेतनाको आवश्यकता औंल्याएका थिए।
शाह प्रधानमन्त्री बनेलगत्तै शर्मामाथि कारबाही प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। साथै, उनलाई पक्राउ पुर्जीबिनै मध्यरातमा नियन्त्रणमा लिएको दाबी पनि गरिएको छ।

