काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको नेकपाका सांसद रमेश मल्लले जानकारी दिए। उनका अनुसार बैठकले दलको नेतृत्व प्रचण्डलाई दिने निर्णय गर्दै आगामी संसदीय गतिविधिलाई प्रभावकारी बनाउने तयारीसमेत गरेको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट जितेको थियो। उक्त परिणामसँगै संसदमा नेकपाको उपस्थिति उल्लेख्य बनेको छ।
नवनिर्वाचित संसदीय दलका नेता प्रचण्डले संसदभित्र पार्टीको भूमिकालाई सशक्त बनाउँदै जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

