काठमाडौं । नेपाल एमालेको शनिबारको प्रदर्शनमा पक्राउ परेका सात जना मध्ये ६ जना रिहा भएका छन् ।
शनिबार पक्राउ परेका ६ जनालाई छाडिएपनि एक जनामाथि भने थप अनुसन्धान हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
शनिबारको प्रर्दशनमा पक्राउ परेका विमल धमलालाई हिरासतमै राखिएको हो ।
धमला शनिबारको प्रदर्शनमा गाडी फुटाउनेमा संलग्न देखिएको छ । अर्कोतर्फ, उनीविरुद्ध दुई वटा बैंकिङ कसुरको मुद्दा पनि देखिएको एसपी भट्टराई बताउँछन् ।
‘बैंकिङ कसुरमा फरार उनलाई म्याद लिएर अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अघि बढाएको छ’ एसपी भट्टराईले बताए ।


