मोरङ — श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति नेपाल को आयोजनामा मोरङको सुन्दरहरैंचा–७, विराटचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरमा स्वर्ण महोत्सव २०८३ भव्य रूपमा आयोजना हुने भएको छ।
समितिका अनुसार वैशाख ०७ गतेदेखि १० गतेसम्म (अप्रिल १९ देखि २२ तारिखसम्म) सञ्चालन हुने उक्त महोत्सवमा धार्मिक तथा सांस्कृतिक विविध कार्यक्रमहरू गरिनेछन्। कार्यक्रममा श्रीमद्भागवत कथा प्रवचन, सागर पाठ पारायण, वाणी चर्चा लगायत आध्यात्मिक कार्यक्रमहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्।
महोत्सव सफल पार्नका लागि विभिन्न क्षेत्रका सन्त, गुरुजन, धर्मप्रेमी भक्तजन तथा सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ। कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर परिसरमै सञ्चालन हुने जनाइएको छ।
स्वर्ण महोत्सव मूल समारोह प्रचार प्रसार समितिको संयोजनमा हुने उक्त कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सामाजिक एकता र सांस्कृतिक प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

