–विश्वनाथ खरेल
आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको शुभ मुहूत अर्थात अक्षय तृतीया हो । अक्षय भत्रे वित्तिकै क्षय गर्न नसकिने, विध्वशंगर्न नसकिने अर्थ लाग्दछ । यसरी प्रत्येक वर्षको अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भत्रे लोकलाई विश्वास छ । यसै कारण यसलाई अक्षय तृतीया भनिएको हो । सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान् विष्णुले नरनारायण, हयग्रीव र परशुरामको अवतरण पनि यसै तिथिमा भएको थियो । अक्षय तृतिया पर्व सातु–सर्बत दान गरेर र आगन्तुकहरूलाई यी खाद्यवस्तु खुवाएर मनाइन्छ । यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्बतले प्यास मेटाई शीतलता प्रदान गर्दछ । सातु अर्थात पिसेको अत्रको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसँग देखि पौराणीक काल अनि मानव सभ्यताका विभित्र चरणमा सातु एउटा भरपर्दो र बोक्न सजिलो सामल अर्थात वाटो या यात्रा गर्दा खान बोकिएको पदार्थका रुपमा रहेको छ । आजको दिन सातु खाने दिन हो । यसरी चढ्दो ग्रीष्मकालमा खाद्य शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अत्रहरु पिसेर तैयार गरिएको सातुको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीवाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, ध्यू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास सातुको स्वादसँग समाहित नै भएर आएको भान हुन्छ । त्यसैले यी वस्तु खाने र खुवाउने वैशाख शुक्ल तृतिया तिथिले महत्वपूर्ण धार्मिक स्थान ओगटेको छ । यससँग जोडिएको धर्मशास्त्रीय धारणाअनुरूप यस दिन गरिएको सानोतिनो दानधर्म पनि अविनाशी भएर रहन्छ । यसले गर्दा यसको नाउँ नै अक्षय रहन गएको हो ।
पौराणिक कथाअनुसार सफल मानिएका केही कार्यहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वती विच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेखन थाल्नुभएको मान्यता छ । यसै घडीमा विवाह भएका नवदम्पतीहरूको दाम्पत्य जीवन सधैँ सफल नै रहने जनविश्वास रहेको पाइन्छ । तिथिको फरक नपरेको खण्डमा प्रायः वैशाख शुक्ल तृतियामा भगवान् विष्णुका छैटौं अवतारको रूपमा चिनिएका परशुरामको जन्म जयन्ती पनि यसै दिन पर्दछ । जसको जन्म त्रेतायुगमा भएको थियो । अष्टचिरञ्जीवीहरूमध्येका एक मानिने परशुरामको जन्म जमदग्निका पुत्रका रूपमा रेणुकाको गर्भबाट ६ ग्रह उच्च स्थानमा भएको बेला सन्ध्याकालमा भएको थियो । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई युगादितिथि पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । यसले गर्दा पनि यस दिनको महत्व अझ बढी रहेको पाइन्छ ।
समग्रमा भन्नुपर्दा अक्षय भत्रे वित्तिकै क्षय गर्न नसकिने, विध्वशंगर्न नसकिने अर्थ लाग्दछ । अक्षय तृतीयामा पुण्य प्राप्त गर्नकालागी वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभित्र उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यसअर्थमा अन्तरपुस्ता मायाकालागी पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभित्र एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पत्र गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन । नरनारायण यसै दिन अवतरित हुनु भएको थियो । वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ । त्यस्तै गरी श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मात्रु भएको छ । जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृतर्पण तथा दान आदि संपत्र गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ । आजकै दिन देवादिदेव महादेव र हिमालय पुत्री पार्वती विच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेखन थाल्नुभएको मान्यता छ । जे होस् आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाँई सफल हुने पक्का छ । यसको ज्वालन्त उदाहरण ईतिहास साक्षी छ ।

