केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार जेन–जी विद्रोहसँग सम्बन्धित घटनामा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले ओलीलाई दोषी किटान गरेको थियो। आयोगले पूर्वगृहमन्त्री रमेश लेखक सहित संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
ओलीको पक्राउसँगै देशको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ भने यस घटनाले आगामी दिनमा थप राजनीतिक उतारचढाव ल्याउने अनुमान गरिएको छ।

