काठमाण्डौ । लोकगायिका कोमल ओलीका पिता ललित ओलीको छतबाट खसेर निधन भएको छ ।
शुक्रबार छतबाट खसेर घाइते भएका ओलीको उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गीय ललित ओलीका दुई पुत्र यमेन्द्र ओली र नरेन्द्र ओली छन् भने छोरीहरू कोमल ओली र प्रज्ञा ओली रहेका छन् ।
गायिका ओली नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व सांसद समेत हुन् ।

