काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले सेवाग्राहीलाई हैरानी दिने तथा अनावश्यक दुःख दिने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’ मा काम गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको गुनासो आएपछि अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।

