काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि दुवै व्यवसायीमाथि थप ७ दिनको म्याद थप गरेको हो।
दीपक भट्ट चैत १९ गते पक्राउ परेका थिए भने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २१ गते पक्राउ परेका थिए। बुधबार जिल्ला अदालत काठमाण्डौले ७ दिनको म्याद थप गरेको हो ।

