काठमाण्डौ– सभापति गगन थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारीका लागि पार्टीभित्रका सबै नेताहरू र कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
उनका अनुसार नेपाली कांग्रेस अहिले सङ्घीय संसद्मा प्रतिपक्षमा भए पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले नेपाली कांग्रेस पार्टीमाथि थप जिम्मेवारी छ।
थापाले केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारलाई सुशासन कायम गर्न तथा संविधान कार्यान्वयनलगायत जनसरोकारका विषयमा आवश्यक सहयोग गर्ने नीति लिइएको स्पष्ट पारे।

