काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्व मन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री खड्कालाई आइतबार उनकै निवासबाट पक्राउ गरिएको हो ।
प्रारम्भिक जानकारीअनुसार उनलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। तर पक्राउको ठोस कारण र लगाइएका आरोपबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
ब्युरो स्रोतका अनुसार उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

