–विश्वनाथ खरेल
विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल हो । यो देशमा ८१ प्रतिशतभन्दा बढी हिन्दूहरुको बाहुल्यता रहेको छ । हाम्रो देशलाई राम्ररी मनन या अध्ययन गर्ने हो भने धर्म र संस्कृतिमा धेरै धनि छ । जहाँ प्रत्येक दिन एक न एक चाड या पर्व नपरेको हुँदैन । यस्तै महान चाड पर्व मध्ये राम नवमी पनि एक हो । यसलाई हिन्दू धर्मावलम्बीहरूको लागि एक महत्वपूर्ण पर्वको रुपमा लिइएको छ । यो पर्व प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन पर्छ । यो पर्व यो साल भने यही चैत्र १३ गते शुक्रबार परेको छ । यसर्थ प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । यसरी त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृित्तका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । श्रीराम एक असल स्वभाव र मर्यादा पुरुषोत्तमका रुपमा यो संसारमा जन्म लिएका थिए । आजसम्म पनि पृथ्वीभरमा यिनको नाम अमर भएको छ । यिनले असत्यताको अन्धकार माथी सत्य अनि मर्यादाको उज्यालोको ज्योति विश्वभरि फैलाएका छन् । यसै कारणले होला यस्ता महान व्यक्तिको सम्झनामा श्रद्धा, भक्ति अनि आराधनाका माहौल विच आज नेपाल, भारत, बंगलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलकां, फूजी टापु, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाव्रmम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यव्रmमहरु गर्दै हिन्दु धर्मावलम्वीद्धारा मनाईन्छ । हिन्दु धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सवेरै नुहाइधुवाइ शुद्ध बनी विभिन्न ठाउँमा रहेका राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् । राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । रामनवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । यसरी वाल्मिकी पुराण अनुसार भगवान् रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । यसर्थ भगवान् रामको राज्य रामराज्य अर्थात न्यायकालागि नमुना पनि मानिन्छ ।
भगवान् श्रीरामको जन्म इशापूर्व ७ हजार ३ सय ९३ तिर दिनको मध्यात्र समयमा भएको अनुमान गरिएको थियो । अतः अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । अतः राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । दशरथ राजाका चार छोराहरुमा राम, भरत, लक्ष्मण र शत्रुधन नाम गरेका थिए । भरतकी माता कैकेयीले छलपुर्वक दशरथ राजालाई परिवन्दमा पारेर रामलाई १४ बर्ष बनबास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने खराउलाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान् रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । रामलाई हिन्दु धर्म संस्कृतिमा सवैभन्दा धेरै पुजिने भगवानका रुपमा लिइन्छ । राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दीभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हतावाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सिताको अपहरण गरि रामलाई आफूसँग युद्धगर्न घटना रचेको भत्रे तर्कहरु पनि छन् । त्यसै गरि यिनै राम अनि सिताको जीवनको ईर्दगिर्दमा रहेर तुलसीदासले अवधी भाषामा कथेका छन्, रामचरित्रमानस आदि छन् । यसै रामचरित्रमानसका अवधी श्लोकहरुका आधारमा आज नेपालको तराई लगायत भारतका विभित्र ठाँउमा रामलिला अनि श्लोकहरुकै लय अनि माधुर्यतामा रामसिताका कथाहरु प्रस्तुत गरिन्छ । हाम्रो देशको पवित्र नगरी जनकपुरको गङ्गासागर मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभित्र मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
अन्त्यमा भन्नुपर्दा यिनको त्रेतायुगको चैत शुक्ल नवमीका दिन यस संसारमा जन्म लिनु भएको थियो । यसै कारणले गर्दा यिनको धार्मीक, सास्कृतीक, सामाजिक आदि क्षेत्रमा धेरै महत्वपूर्ण रहेको छ । यसै धर्तीमा जन्म लिएका यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी पुरुष हुन । अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म रामले राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधै ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान् रामको राज्य पनि न्यायका लागि नमूना मानिन्छ । बैकुण्ठमा निवासी भगवान् विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैका लागि एउटा अनुकरणीय उदहारण हो, सत्यको जीत होस् अनि हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य वढिरहोस् ।

