–विश्वनाथ खरेल
प्रत्येक वर्ष यसै समयमा शहीद दिवस मनाइन्छ । विसं १९९७ माघको यही साता देशका चारजना सपूतलाई प्रजातन्त्र मागेको आरोपमा तत्कालीन राणाले काठमाडौंका विभित्र स्थानमा गोली हानेर तथा झुन्ड्याएर हत्या गरेका थिए । त्यसको १० वर्षमा राणाहरूको शासन ढल्यो र सँगसँगै सामन्तवाद पनि ओरालो लाग्यो नेपालको सन्दर्भमा आन्दोलन र संघर्षको अर्थात् बलिदानको इतिहास कायम भइसकेको हो कि अझै पनि यस्ता आन्दोलन र बलिदानको आवश्यकता छ भत्रे कुरा भने अनिश्चित रहेको छ । । तर, नेपाली जनताले संस्थागत रूपले लोकतन्त्रको पूर्ण प्राप्ति गर्न धेरै वर्ष कुर्नुप¥यो । समयअनुसार लोकतन्त्र या प्रजातन्त्रको परिभाषा पनि बदलिने रहेछ भत्रे कुराका लागि नेपाल गतिलो उदाहरण हो । कम्युनिस्ट र गणतन्त्रवादीले २००७ सालमा नै राजतन्त्रको अन्त्यको कुरा गरेका भए पनि त्यतिवेलाको आन्दोलनको मुख्य शक्ति नेपाली कांग्रेस र सम्भवतः त्यतिवेलाका अर्थसामाजिक आधारसमेत गणतन्त्रका पक्षमा थिएनन् । वैधानिक राजतन्त्रशहीदको वेस्टमिनिस्टर प्रणालीलाई नै त्यतिवेला प्रजातन्त्र मानिएको थियो । तर, २०१७ सालमा राजा महेन्द्रले कु गरेर शक्ति हत्याएपछि देशमा गणतन्त्रवादी विचारमा तीव्र विस्तार भएको पाइन्छ । अर्थात् अब वैधानिक राजतन्त्रवादीसँगै गणतन्त्रवादीको आवाज पनि शक्तिशाली भएर आयो, जसका लागि अनेक आन्दोलन र बलिदान भए । यसैगरी, २०४७ सम्म पनि वैधानिक राजतन्त्र र संसदीय प्रणाली बोक्ने विचारको प्रभुत्व स्थापित थियो, जसले गर्दा २०४७ को संविधान निर्माण गर्दा राजासँग शक्ति बाँडफाँड गर्न दल सहमत भए । तर, २०५२ मा थालिएको माओवादी सशस्त्र विद्रोहले समाजको सामन्ती अवशेषलाई जरैदेखि हल्लाइदियो । परिणामतः २०६२ सम्म आइपुग्दा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदीय शक्ति पनि गणतन्त्रको पक्षमा उभिए । यसरी नेपालले अनेक चरणमा लोकतान्त्रिक आन्दोलन ग¥यो र यस व्रmममा हजारौँले बलिदान दिए । २०६२÷०६३ को आन्दोलनको परिणामले पनि अझै समाजका भित्री तहमा रहेका सीमान्तकृतका आवाज नसुनेको अनुभव गरेका मधेसवादीले अर्को चरणको आन्दोलन गरे, जसमा दर्जनाँैको ज्यान गयो । अर्थात् शहीदहरूको चाङ लगाएर अहिलेको गणतन्त्र प्राप्त भएको हो । अझै पनि देशमा सीमान्तकृतको आवाज सुनिन बाँकी छ, वर्गीय शोषणबाट पार पाउन बाँकी छ, जसका लागि अर्को आन्दोलनको आवश्यकता त होइन बाध्यता पर्न सक्छ । कमसेकम अहिले शहीद दिवस मनाइरहँदा राजनीतिक दलहरूले शहीदको बलिदानलाई बुझेर गरेको खण्डमा मात्रै हामीले शहीदहरूप्रति गरेको सच्चा सम्मान गरेको ठहर्नेछ ।
मुलुकमा आर्थिक विषमताले वर्वादिएको, अन्ध र असामयिक परम्पराले झुरिएको समाजमा शहीद र निष्ठावान कार्यकर्ताहरुको महत्व लुकाइन्छ, शोषित र पीडित जनता पाखा लगाइन्छन्, निम्न वर्गहरु उपेक्षितको उपेक्षितै राखिन्छन् । यस्तो स्थिति अन्तर्गत बहुजन हिताय–सुखायको समाज, अखण्डित, सग्लो देश, सबल, सुदृढ र सुरक्षित राष्ट्र, एवं शहीदी आकांक्षा अनुरुपको प्रजातन्त्रको निर्माण गर्नुपरेको छ । तर, जे भए पनि आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात –अज्ञात व्यक्तिहरुको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्वन गर्न सकिएन भने ती महान सपूतहरुको श्रद्धा हुनुको सट्टा धोर अपमान हुनेछ । शहीद दिवसको यस क्षणमा नेपाली मात्रले श्रद्धा र अपमानको गाम्भीर्यलाई बुझन मात्र सकेमा अमर आत्माले शान्ति प्राप्त गर्नेछ । नेपाली जनताले गरेका अनेक आन्दोलन र संघर्षको लामो शृंखलाले मात्रै यस्तो गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको हो । यस्ता आन्दोलन र संघर्षका व्रmममा नेपाली जनताका वीर, वीरांगना सन्तानले बलिदानको लामो परम्परा कायम गरेका छन्, जसको आरम्भ तिनै चारजना सहिद ः गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुव्रmराज शास्त्री र धर्मभक्त माथेमाले गरेका थिए । यसरी एउटा देशले एउटा व्यवस्था (तत्कालीन अवस्थामा सामन्ती शासन व्यवस्था) बाट अर्को व्यवस्थामा (हाम्रो सन्दर्भमा पुँजीवादी व्यवस्थामा) फड्को मार्न भएका आन्दोलन हिंसात्मक दमन र प्रतिरोधका बाटोबाट गुज्रने परम्परा नै छ । अर्थात् सहिदहरूले बलिदान नदिई व्यवस्था परिवर्तन हुन सक्दैन भत्रे सत्यलाई नेपालको जनव्रmान्तिको इतिहासले पनि पुष्टि गरेको छ । यस सन्दर्भमा ती चारजनालगायत सबै ज्ञात–अज्ञात सहिदमा हाम्रो श्रद्धाञ्जली ।
मुलुकको सुनौलो इतिहासको पानाहरुमा हराएका विश्वमा नै अनगिन्ती यस्ता व्यक्तिहरु छन् जसलाई मरणोपूर्वाद्र्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रधाती आदि भनिने गरिन्छ । तर तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई शहीद शव्दले पूजिन्छ । यसरी ती वीर शहीदहरु धेरै इतिहासका पानाहरुका सुनौला अक्षरले कँुदिएका छन् । इतिहासकारहरुले यस्ता महान व्यक्तिहरुको अनुसन्धान तथा खोजखवर गर्दै आएका छन् । यसको तात्पर्य के हो भोलिका भावी सन्ततिहरुले यहि मार्ग अवलम्वन गर्नुपर्ने हुन जान्छ । शहीदहरु पूजनीय एवं सवैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सवै क्षेत्रका जनता तथा राजनीतिज्ञहरुको संयुक्त जिम्मेवारी हुन आउंछ । वास्तविक भावनालाई बुझेर यदाकदा रुमलियएका शहीदहरुको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सवैको कर्तव्य हुन आउंछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सवैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरुपमा कदर गरी उनीहरुले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ ।
समग्रमा भन्नुपर्दा शहीद मरेको छैन, ऊ सम्पूर्ण नेपालीको मुटुको ढुकढुकीसंगै बाँचेको छ । कवि बासुशशीको भनाइमा शहीद भौतिक रुपमा मरेपछि ऊ, नेपाली आत्माभित्र नै रकेको हुन्छ ।

