काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको छ ।
हिजो (आइतबार) सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने बिहान ८:४५ बजे थोरै घटेर ४.२ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे नै मापन गरिनेछ। उक्त समयमा सुरुवाती मापनभन्दा तापक्रम अझै घट्ने सम्भावना रहने मौसमविद्हरूले बताएका छन्।
शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको थियो। यस आधारमा आज काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा मापन गरिन्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गर्ने गरिन्छ। सबैभन्दा तल झरेको तापक्रमलाई न्यूनतम तापक्रम र सबैभन्दा माथि पुगेको तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लागेमा बिहान न्यूनतम तापक्रम बढ्ने गर्छ भने आकाश सफा रहँदा तापक्रम घट्ने प्रवृत्ति देखिन्छ। यसको ठीक उल्टो, दिउँसो बादल लाग्दा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्ने गर्दछ।
आइतबार देशभरको तापक्रम अवस्था यस्तो थियो–

