काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव यथावत रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।
दिउँसो देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

