काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै उच्च हो। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही कायम रहेको थियो।
आज युरो १ को खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा रहेको छ। हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा थियो।
यसैगरी, आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा तोकिएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा थियो।
त्यस्तै, आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा रहेको छ। हिजो कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा थियो।
बहराइन दिनार १ को खरिददर आज ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा तोकिएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही कायम थियो।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

