काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजयकुमार चौधरीसहित १३ नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।
यस्तै, धनुषा जिल्ला कार्यसमितिका ९ जना पदाधिकारी तथा सदस्यले पनि पार्टी छोडेको घोषणा गरेका छन्।
नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूको नयाँ राजनीतिक यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने जानकारी दिए ।
राजीनामा दिने केन्द्रीय तहका नेताहरूमा केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा केन्द्रीय सदस्य संजय कुमार सिंह, केन्द्रीय सदस्यहरू विजय कुमार राय, अशोक ठाकुर, रामचन्द्र साह, नितु यादव पासवान, संजय गडिया, राष्ट्रिय परिषद् सदस्यहरू राजु चौधरी, राजाराम कापर, विजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव, गुलो देवी पासमान र सरगुन पासमान रहेका छन्।

त्यसैगरी, धनुषा जिल्ला कार्यसमितिबाट उपाध्यक्ष शंकरकुमार पासवान, विरेन्द्र पासवान, सचिव जीवनकुमार यादव, सहसचिव धन्जित मण्डल, सदस्यहरू प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, युवा नेता मुकेश कुमार गडेरी र अजय कापरले पनि पार्टीबाट राजीनामा दिएका छन्। केही समय अघिमात्र राजेन्द्र महतो अध्यक्ष भएका यस पार्टीका उपाध्यक्ष सुमन शाक्यलगायत नेता कार्यकता नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका थिए ।
शाक्य हाल काठमाण्डौ क्षेत्र नम्बर ८ को नेकपा उमेदवारको रुपमा फागुन २१ गते हुने निर्वाचनमा चुनावी मैदानमा छन् ।


