बिश्वनाथ खरेल
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी भनिन्छ । जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यसैदिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकोले यस पूर्णिमाको नाम जनै पूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधि बमोजिम ब्राम्हणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । रक्षाबन्धनलाई परम्परागत रूपमा ब्राह्णहरू डोरो बाँध्ने र दिदीबहिनीहरूले दाजुभाइहरूलाई राखी बाँध्ने भनिन्छ।

।जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन् बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँध्छिन् र ब्राम्हणहरू अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरुप प्रण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ । नयाँ जनैलाई विधिवत् पूजा गर्दा प्रथमतः संकल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । बैकुण्ठवासी गुरु, पितृ, ऋषिहरूलाई सश्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात एक एक्लेमा तीन डोरा हुन्छ ।

अतः साँच्चै बोझ, बन्धन कसैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुसीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ । नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ ।

पर्वका रूपमा मात्रै सीमित नराखी यसले दिन खोजेको व्यापक अर्थलाई जानेर स्वयंलाई परमात्माले प्रतिपादन गरेका उच्च मूल्य मान्यता, संयम, यम, नियमलाई जीवनमा सहर्ष स्वीकार गरी परिपालन गर्नाले मानिसको वास्तविक रक्षा हुनेछ । यस राखीमा दाजुभाई, दिदीबहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँ युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् र सबैको रक्षा पनि होस् । त्यस्तै गरी यसरी त्यसैले होला हातमा बाँधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।
यो पर्वमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरीत भएका गेडागुडीबाट बनेको क्वाँटी खाने दिन पनि हो । यस चाडमा दुई÷तीन दिन अघिदेखि पानीमा भिजाई राखिएको विभित्र नौ प्रकारका गेडागुडीहरू मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । यसरी मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनव्रिmयासँग सम्बन्धित बिभित्र रोगहरू हट्ने जनविश्वास पनि नेपाली समाजमा रही आएको छ ।
कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नु पर्दा त्यो नै त्यस देशको साँस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिविम्व हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन ।
अतागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नुहुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनैफेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनु पर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । ‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।।’ यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ ।
जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणधर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधना गरिने दिनको रूपमा र शुद्ध जनै बदल्ने दिनको रूपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ ।
जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन् बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँध्छिन् र ब्राम्हणहरू अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरुप प्रण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ । नयाँ जनैलाई विधिवत् पूजा गर्दा प्रथमतः संकल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । बैकुण्ठवासी गुरु, पितृ, ऋषिहरूलाई सश्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात एक एक्लेमा तीन डोरा हुन्छ ।
मानिस देवऋण, पितृऋण, ऋषिऋणबाट मुक्त हुनुपर्ने शास्त्रीय मान्यताको निमित्त उक्त तीन डोरा सांकेतिक रूपमा देखाइएको बताइन्छ । सो डोरोमा ॐ कार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेवको वास हुने मान्यता छ । साथै तीन डोरालाई ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिन्छ । यसै पूर्णिमामा नेवार समुदायमा भ्यागुताको पूजागर्ने प्रचलन रही आएको छ । यस दिन भ्यागुताका लागि खेतमा कुनै एक ठाउँमा भात राखिदिएर ब्याँजा नकेगुपुन्ही को रूपमा मनाउने चलन छ । भ्यागुताले राती टर–टर आवाज निकाल्दा इन्द्र महाराजाको निन्द्रा बिउँझिदा इन्द्रले पानी पारेको विश्वासमा भ्यागुताको पूजागर्ने प्रचलन रहेको जनविश्वास छ ।
अन्त्यमा भन्नुपर्दा हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरू पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृतिक पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौँ वा सक्दैनौँ ? यौटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरूलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरू छ्यापछ्याप्ती छन् ।
अतः साँच्चै बोझ, बन्धन कसैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुसीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ । नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ ।
अघि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु वृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरुप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रुढिवाढीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अँगाल्नु समय सापेक्षिक हुनजानेछ । यस अर्थमा हिन्दूधर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाडपर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुईमत नहोला ।

