लक्ष्मण उप्रेती
क्रान्तिले हरेक चिजलाइ फेर्न सक्छ।क्रान्तिमा सबभन्दा मूल्यवान जनता हुन्छ्न।जनता भ्रष्टाचार बिरोधि,अन्याय-अत्याचार बिरोधी,न्यायप्रेमी,जनप्रेमी देशभक्त हुन्छन।जतिखेर देशको सत्ता ( व्यवस्था ) न्यायप्रेमी,जनप्रेमी हुन सक्दैन,भ्रष्टाचारको केन्द्र बन्छ,दलाल ,घुसखोर र माफियाहरुको रक्षाकवज बन्दछ,राष्ट्रघाती-जनघाती बन्दछ त्यतिखेर देशका जनता र सत्तावीचको अन्तरविरोध तिब्र र मुख्य हुन्छ,त्यहीनेर क्रान्तिको जन्म हुन्छ।
उत्पीडित देशहरुमा सत्ता र जनताको वीचमा दलाल पुजीवाद्ले साम्राज्यवादको चाकरी गर्दै अंतर्विरोधहरु शृजना गरीरहेको हुन्छ। यदि सत्ता र जनतावीचको एकता बलियो भयो भने त्यहा जनवाद र समाजवादको भ्रुण हुर्कन्छ।त्यसकारण साम्राज्यवादीहरु आफ्ना दलालहरु मार्फत देशलाइ अनेक आतंकद्वारा आफ्नै प्रतिरुपको साचोमा ढाल्ने कुचेष्टा गर्छ्न र अस्थिर बनाइ आफ्नो स्वार्थमा उपयोग गर्न खोजीरहन्छ्न। उनिहरुको आतंक जनताको वीचमा क्रान्तिकोरुपमा ज्वाजल्यमानभएर अन्कुरीत हुन्छ।उनिहरुको आतंकले उनिहरुकै चिहान खनिरहेको हुन्छ।
जनता र देशको जनबिरोधी ,राष्ट्रघाती,भ्रष्ट सत्ता ( व्यवस्था )को वीचको अन्तर्विरोधको समाधान क्रान्ति हो।क्रान्ति बिना यो अन्तर्विरोधको हल हुन सक्दैन।क्रान्तिको यात्रा सधै अग्रगामी हुन्छ। समाजमा /देशमा अग्रगामीको हुन्छ? भन्ने प्रश्नको समाधान ऐतिहासिक भैतिकवादी दृष्टिकोणले समाज व्यवस्थाको बिकासको आधारमा व्याख्या र विश्लेषण गरेको छ।
त्यसकारण आजको हाम्रो देशको राष्ट्रियता ,जनतन्त्र र जनजिविकाको सवाल अत्यन्तै संकट्पूर्ण र गम्भीर स्थितिमा रहेको कुरा आम नेपाली जनता र जनताका वास्तविक प्रतिनिधिहरुले नबुझेको कुरा भएन। यस्तो राजनैतिक परिस्थितिमा सच्चा नेपाली जनताको भुमिका के हुने ? हामीले के गर्नु पर्ने?हामी सच्चा देशभक्त स्वाभिमानी नेपाली नागरीक हुने वा दलाल पुजीवादको भरौटे,भ्रष्टाचारीहरुको कारीन्दा, रक्सिको झोल र मासुको टुक्रामा रमाउने कुकुर? इतिहासको ऐतिहासिक कठिन कठ्घेरामा उभिने बेला आएको छैन र? यदी तपाईहरु मध्यलाइ बेला आएको छ ,क्रान्ति अनिवार्य बनेको छ ,यसलाइ सम्पन्न गर्न सकिन्छ भन्ने लाग्छ भने आउनुहोस छलफल र बहस सङ्गै ब्यबहारिक रुपमै नेपाली विशेषताको बृहत आन्दोलन उठाउने महान् बहसमा सरिक हुनुहोस।तपाईहरुको शृजनात्मक क्षेमता नेतृत्व नेपालको जन आन्दोलनमा उपयोगी बनोस , बन्छ र बनाउनु पर्छ।
धन्यवाद !

