काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो संसदीय दलभित्र महत्त्वपूर्ण जिम्मेवारीमा हेरफेर गरेको छ । पार्टीले राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियारलाई मनोनीत गरेको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १३ (३) बमोजिम परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् ।
यसअघि उक्त जिम्मेवारी कृष्णबहादुर रोकायाले सम्हाल्दै आएका थिए । रोकायालाई पदबाट हटाउँदै कांग्रेसले परियारलाई नयाँ सचेतकको जिम्मेवारी सुम्पिएको हो ।
यससँगै कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतृत्व तहमा पनि परिवर्तन गरेको छ । पार्टीले यसअघि दलका नेता रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई उक्त जिम्मेवारी दिएको छ ।
कांग्रेसभित्र राष्ट्रिय सभामा गरिएको यो पछिल्लो हेरफेरलाई पार्टीको संसदीय रणनीति र आन्तरिक सन्तुलनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।
Previous Articleबुधबारबाट फेरि बढ्यो सार्वजनिक यातायात भाडा
Next Article तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा राजीनामा

