काठमाडौं । नेकपा (एमाले)का युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्ने प्रस्ताव आएमा आफू पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित शपथ कार्यक्रममा सहभागी हुन पुगेका नेम्वाङले दलको नेता चयनबारे हालसम्म पार्टीभित्र औपचारिक छलफल नभएको उल्लेख गरे। तर, आफूलाई जिम्मेवारीको प्रस्ताव आएमा “दलको नेता बन्नु कुनै पनि अवस्थामा खुट्टा नकमाउने बताए । सांसद नेम्वाङलाई पत्रकारले सोधेको प्रश्नमा जिम्मेवारी पाउँदा पछि नहट्ने दृढ अडान दोहोर्याएका हुन् ।
उनले नयाँ संसद्मा पनि विगतजस्तै प्रभावशाली रूपमा प्रस्तुत हुँदै जनताको हित र देशको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
पूर्व सभामुख सुवास नेम्वाङ पुत्र सुहाङ पिताको निधनपछि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको यो दोस्रोपटक हो ।

