–विश्वनाथ खरेल
गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । फलतः भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यसैगरी एकीकरणको क्रममा बिक्रम सम्बत् १८०० मा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाले । सर्वप्रथम बिक्रम सम्बत् १८०१ असोज १५ गते नुवाकोटमाथि आक्रमण गरी एकीकरण आरम्भ गरे । बिक्रम सम्बत् १८११ साउन २१ गते नगरकोट र दहचोकमाथि आक्रमण गरेका उनले त्यसपछि विशाल मकवानपुर राज्यमाथि आक्रमण गर्दा ठूलो संघर्ष गर्नुप¥यो । त्यसपछि उनले बिक्रम सम्बत् १८२२ चैत ३ गते कीर्तिपुरमाथि आधिपत्य जमाए । कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगार्थ अंग्रेजी फौज आएको थाहा पाएपछि गोरखाली सेनाले सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण ग¥यो । त्यस युद्धमा हजारौँले मृत्युवरण गरे भने कति ज्यान जोगाएर भागे । यसरी बिक्रम सम्बत् १८२५ असोज १५ गते काठमाडौँ उपत्यका माथि गोरखाली फौजले सजिलैसित विजय प्राप्त ग¥यो । फलतः पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपर रुपमा आधुनिक नेपालका निर्माता हुन । उहॉको सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने मौसूफ, सरकार एकमात्र ठूला तपस्वी हुन । फलतः एकिकरणका दौरानमा विविध संधर्ष र पराजयको सामाना गर्नु परे तापनि क्रमशः एक एक खुडकिला पार गर्दै जानु मौसूफको अदभ्य साहस र तीब्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरुको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रिनिर्माता पृथ्वीनारायण शाह तर्फ उन्मुख हुन्छ । उहॉको विराट व्यक्तित्व र मौसूफका अमूल्य भावनाहरुको चर्चा नेपालीहरुले जति गरे पनि थोरै नै हुन्छ । पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित राज्यहरुलाई एक सूत्रमा आवद्ध गरी नयॉ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनैतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीतिहरु निर्धारण गरेका थिए, जुन कुराहरुमध्ये धेरैजसो कुराहरु आजसम्म पनि हाम्रो सामू टड्कारो रुपमा सान्दर्भिक रहेको पाउ‘छौ । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रको रुपमा खडा गराउने महान कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ ।
नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण र उहांका उत्तराधिकारी राजाहरुबाट ब्रिटिश भारतको जङजुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनु प¥यो । मुलुक आधुनिक युग सुहाउंदो उपवन भई प्रत्येक फूलको रुप, सौरभको विकास संगसंगै यी विकसित हुनैपर्छ । राजाको सक्रिय एवं सवल नेतृत्व पाएर नेपाली जनताले कठिनभन्दा कठिन कार्य गर्न सदा अधि सरेको कुरा प्रत्येकले राम्ररी जान्दछ । यसर्थ आफ्नो वीरताको लागि संसार प्रसिद्ध भएको उदाहरण पनि यस्तै कठिन र भयावह परिस्थितिको सफलतापूर्वक सामना गर्न सकेकोले नै प्रस्तुत भएको हो । जुन छिमेकी विशाल देशहरु भारत र चीन लगायत अरु वरपरका कतिपय देशहरुलाई आफ्नो अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली वृटिश साम्राज्यबादसंग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओत—प्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्वमात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र बिकासमा समेत क्रियाशिल रहे । जब एसियाको यस भू—भागमा तमाम राज्य रजौटाहरु एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमपर्ण गर्नु वाध्य भइराखेका थिए ।
देशका विभिन्न जनजाति, समुदाय, भाषाभाषी र भेषभूषा भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित छ । कसैलाई काखापाखा नगर्ने सवैलाई समान व्यवहारजस्ता सुकार्यहरु उहाँको उदयकालदेखि नै भैरहेको छ । नेपालको इतिहासमा उहाँको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । जबकी राष्ट्र निर्माता पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट बर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौं । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएकोकारणबाट यहां जाति, धर्म र सम्प्रदायका बीचमा कहिले पनि झैं—झगडा र मनोमालिन्य भएको घटना त्यति देखिएको छैन् । नेपालको ऐतिहासिक पृष्ट भूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवीकालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यहि सत्यतालाई नेपालका पूर्वजहरुले अंगाल्दै आउंदा बीचमा केही समय बाइसी चौबिसी राजा रजौटाहरुले मुलुको स्वतन्त्र अस्तितवलाई खल्बलाउने प्रयत्न गरे तापनि त्यस्तो प्रयास निस्फल हुन गयो । वस्तुतः पृथ्वीनारायण शाहले टुक्रिन लागेका भू—भागलाई एक सूत्रमा बॉध्ने अभिलाषाले बाइसी चौबिसी राजाहरुको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झण्डामुनि एउटै राजाको नेतृत्वबाट संचालित राज्य व्यवस्थाको धोषणा गरिबक्सि आज विश्वको सामु नेपालको शिर झुकाउनु परेको छैन् । यसर्थ पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुबिधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । यसरी जातीय तथा बर्गीय भेदभाव नराखि सवै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । तथापि उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रष्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनी नै हुन ।
समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु एकाइसौं शताव्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्र्दभिक भएको छ । मूलतः मौसूफले छिन्न भिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बॉधेर आज तीन करोड भन्दा बढी नेपालीहरुले विश्वमा नै आफ्नै छात्ती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै मौसूफको दुदृष्टि मान्न सकिन्छ । यस्ता परम भक्त, योद्धा, लडाकू, कुशल राजाको यस धर्तीमा बिराजमान भएको हुनाले नेपाल र नेपालीले विश्वमान चित्रमा आफ्नो देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् यस्ता महानपुरुषलाई दिलैदेखि हर्षित भई विभिन्न कार्यक्रम साथ ३०३ औं राष्ट्रिय एकता दिवस यहि पौष २७ गते नेपाल अधिराज्यभरी धुमधामसाथ मनाउने कार्य गरिन्छ । अतः पृथ्वीनारायण शाहले हिमवत् खण्डका स–साना हिन्दु राज्यहरूको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा पूर्वमा टिष्टा र पश्चिममा सीमलासम्मका संकटमा पर्न लागेका ५४ भन्दा बढी हिन्दु राज्यहरू एकीकरण गरेर विशाल नेपालको सिर्जना भई विश्वको एक मात्र हिन्दु अधिराज्यका रूपमा स्थापित हुन सकेको हो । यस कारण उनी राष्ट्र निर्माता हुन । यसर्थ लामो समय देखि मुलुकले उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसा रूपमा मनाउँदै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको केही वर्षसम्म औपचारिक रूपमा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो तर नयाँ संविधान जारी भएपछि सरकारले विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउन थालेको छ । अतः पृथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत् खण्डको मौलिकतालाई जीवन्त राखियो । यसरी पृथ्वीनारायण शाहबाट भएका त्याग र बलिदानबाट नेपालको एकीकरण जसरी भयो त्यसरी नै हामी नेपालीहरूले यो राष्ट्रको संरक्षणमा समर्पित हुनसक्नु पर्छ ।

