अभियन्ता सुधिरकुमार कर्माचार्यद्वारा लागु पदार्थ दुरुपयोगमा फसेका युवाको उपचार र पुर्नस्थापनार्थ संचालित फेथ नामक सामाजिक सेवाकेन्द्र माथि घरधनीले जवरजस्ती हस्तक्षेप गरी बन्द गराएका छन् ।
विगत ७बर्ष अगाडी ललितपुरको गोदावरी नगरपालिका थेचोमा संचालित लागुऔषध नियन्त्रण तथा दुब्र्यसन रोकथामअभियानमाथी घरधनीआशा राईले सहमती विपरित जवरजस्ती सम्झौता बन्दगरेपछि सो स्थिति आएको हो ।
खोटाङ चिप्रिङ–३ भई हाल ललितपुर गोदावरी नगरपालिका–१२ स्थित आशा राईसंग २०७४ बैशाख १ गते पाँचबर्षको लागिबार्षिक ७२,०००।– ( अक्षरेपीबहत्तर हजार ) रुपैंयाँ लिनेदिने गरी सोही वडा बस्ने निजको आफन्तगमानसिंह राईको रोहवरमा भाडामा लिएको बताईन्छ ।लिखित सम्झौताअनुसार घरभाडामा लिएपछि घर व्यवस्थापन, पुननिर्माण, रङ्गरोगन, विद्युतीय संरचना, तारवार आदि गर्न रु. २१,०००००।– ( अक्षरेपी एक्काईस लाख रुपंंयाँ ) खर्च भैसकेको रहेछ ।तत्काल भाडा वापत गमानसिंह राईलाई नेपाल ईन्भेष्टमेन्ट बैंक मार्फत पटक पटक गरी ९,१००००।– ( अक्षरेपी नौ लाख दशहजार रुपैयाँ ) घरधनी आशा राईलाई बुझाई सकेको प्रमाण रहेको बताईन्छ । घर सजावट र पुननिर्माणमा खर्च भएको बाँकी रकम पनिआगामी बर्षको घरभाडामा कटाउने सम्झौताभएको रहेछ । तर ( प्रतिनिधि गमानसिंह राई सँग ) भाडा समायोजन गर्ने कुरा पनि भएका रहेको भएतापनि घरवेटीको नातेदार गमानसिंह राईले भाडा समायोजन गर्नुको सट्टा गएका बर्षहरुमा केहीअपरिचित केटाहरु सहित पूनस्र्थापना सेवा केन्द्रमा प्रवेश गर्ने, हो –हल्ला गर्ने, पैसा माग्ने, पैसा नदिए घर छोड भनि विभिन्न गालीगलौज गर्ने गरेका रहेछन् । त्यस पश्चात उनी प्रशासन, प्रहरी, स्थानिय निकाय र राष्ट्रिय मानवअधिकार आयोगमाआफू अन्यायमा परेको उजुरी दर्ता गरिएका रहेछ ।त्यतिमात्र होईन उनले पाटन उच्च अदालतमा समेत मुद्दा दायर गरेकोमा हालसम्म उनले कतैबाट न्याय पाएका छैनन्भन्ने छ । राज्यशक्तिको आडमा निज गमानसिंह राईले अहिले उनले संचालन गरेको सेवा केन्द्र बन्द गरेका छन् । कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक व्यवसाय गर्न तथा सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक हकको हनन् भएको अवस्था रहेको पाईएको छ । यो एउटा प्रतिनिधिमूलक घट्ना हो ।यस्ता घटनाहरु मुलुकमा थुप्रै घट्दै आएका छन् । यसरी सामाजिक अभियन्ताहरुलाई कमजोर बनाई मुलुक दलाल पूँजिवादी चरित्र तथा फाँसीवादी यात्रातर्फ गएको देखिन्छ ।मुलुकमा विद्यमान लागु औषध नियन्त्रण गर्नुको सट्टा लागु औषधको व्यापार र दुरुपयोगको अखडा बनाई विदेशी एजेन्टसँग मिलिभगतमा अरबौं कमाउने व्यक्तिहरुको हालीमुहाली देखिन्छ । यस्ता व्यक्तिहरुलाई आम मिडिया तथा सर्वसाधारण जनताको समेत निगरानी हुनुपर्दछ र सामाजिक बहिष्कार तथा जनकारवाही समेत हुनु पर्दछ ।

