शिवकुमार श्रेष्ठ (शिवांसु)
वैश्विक तापक्रमले विश्व आक्रान्त भएको वेला नेपाल पनि अछुतो रहन सकेन । वैश्विक तापक्रम वृद्धिले नेपालको जलवायु परिवर्तनमा अकल्पनिय क्षति वेहोरि रहेकोले यस विषयलाई “थिम” का रुपमा यहि वि.सं. २०८२ साल जेष्ठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि सहमतीय साझा अवधारणा तयार गर्ने भएको छ । उक्त कार्यक्रम वन, वातावरण तथा जलवायु विभागले गर्न लागेको हो । उक्त कार्यक्रमको टोलीले विगतमा भएका, गरेका प्रयासलाई आधार मानेर साझा अवधारणा ल्याउन लागेको हो । उक्त सगरमाथा संवाद राष्ट्रिय महत्व कार्यक्रम भएको हुँदा सबै संघ, संस्था, पार्टी, नागरिक समाज र राज्य सरकारले विशेष महत्व दिनु पर्ने कर्तव्य हुन आउँछ । किन कि सवैबाट माथि उठेर राष्ट्रिय हितलाई शिरोपर गर्नु हाम्रो दायित्व मात्र होइन कर्तव्य पनि हो । विश्वमा उच्च १० वटा हिमालमध्ये उक्त संवादको मुख्य उद्देश्य भनेको आठ वटा हिमालहरु नेपालमा छन् । त्यस वाहेक विश्वमा नेपाका आठ हजार माथिका १४ वटा हिमाललाई विश्वव्यापी मान्यता दिलाउनु हो । नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार माथिका १४ वटा हिमालको नक्सा तथा तथ्याङक् सबै अद्यावधिक भइसकेको नेपाल पर्यटन विभागले पिक प्रोफाइलमा संग्रह गरि सकेको छ । यस संवादमार्फत यहाँको हिमालमा परेको असरको मुद्दालाई विश्वव्यापी बनाउनु हो । ६ वटा ८ हजार माथिका हिमाललाई सूचिकृत गर्न सके नेपालको हिमाल संरक्षणमा बल पुग्ने छ । अहिलेसम्म आठ हजारमाथि उचाई भएको विश्वमा १४ वटा हिमाल मानिएको छ । जब कि नेपालमा मात्र १४ वटा हिमाल सहित ४६८ वटा अग्ला हिम चुचुराहरु छन् । यी सबै हिमाललाई वैश्विक मान्यता पाउनु पर्छ । थप ६ वटा हिमालहरु आठ हजार मिटर माथिका छन् । ती हुन यालुङ खाङ (८५०५ मी.) यालुङ खाङ पश्चिम (८०७७ मी.) कञ्चनजंगा तथा दक्षिण (८४७६ मी.) कञ्चनजंगा सेन्द्रल (८४७३ मी.) ल्होत्से सेन्टर (८४१० मी.) र होल्से सार (८४०० मी.) रहेका छन । पहिले नै विश्वव्यापी मान्यता पाएका आठ हजार माथिका हिमालहरुमा १ सगरमाथा, (८८४८.८६ मी.) सहित कञ्चन जगा, ल्होत्से, मकालु, चोयु, धोलागिरी, मनास्लु र अन्नपूर्ण प्रथम रहेको छन् । १३ वटा हिमाल आरोहण स्वीकृति सन् १९७६ देखि खुल्ला गरि सकेको छ भने यालुङ खान पश्चिम मात्र वाकी छ । वैश्विक मान्यता अनुसार त्यस समय एउटा हिमशंखलाको एक चुचुरो मात्र समावेश गर्न तात्कालीन नियम थियो । तर हालसालै नियम परिवर्तन भएकोले बाकी चुचुरोलाई वैश्विक मान्यता दिलाउनु पर्ने हुन्छ । सो मापदण्ड पुरा गर्न राष्ट्रिय स्तरमै अन्र्तराष्ट्रिय मापदण्ड पुग्छ, पुग्दैन भनि चार वर्ष अध्ययन सक्यो र तस्विरहरुले सर्व मापदण्ड पुर भएको प्रमाणित गर्दछ । यस नयाँ नियम अनुसार नेपालको १४ वटा हिमालउच्च भएमा विश्वमा आठ हजार माथिका २० वटा हिमाल हुनेछ । डब्लु डब्लु एफको फर नेचरःफर पिपुल फर इभरको आर्दश वाक्यका साथ भएको कामलाई संयुक्त राष्ट्रसंघद्धारा सन् २०२१ देखि २०३० सम्मको अवधिलाई अन्तराष्ट्रिय परिस्थितिकीय प्रणालीको पुन स्थापना दशकको रुपमा घोषणा गरेको छ । तसर्थ हामीले उक्त अवसरको फाइदा लिन चुक्नु हुँदैन ।
विश्वको परिवेशमा कार्वन उत्सर्जन गर्नेमा पहिलो चीन देश्रो संयुक्त राज्य अमेरिका तेश्रेमा भारत चौथोमा वेलायत पर्दछ । कार्वन उत्सर्जनले वैश्विक तापक्रम वृद्धि हुनाले हिमबत खण्ड, ग्लेसियर, हिमताल पग्लने क्रम तिब्र गतिमा छ । यसले हिमाल मात्र हानी, नोक्सानी नगरि सम्पूर्ण मानव जाति र पर्यावरणमै असर पर्ने हुन्छ । पर्यावरण सन्तुलनलाई ध्यान राख्दै हालैका वर्षदेखि चीनले आई टी र विभिन्न प्रविधिको प्रयोग गरेर कार्वन उत्सर्जन कम गर्न उल्लेखिय भूमिका खेलेको पाइन्छ । जसमध्ये अत्याधिक मात्रामा खनिज पदार्थ डिजल, पेट्रोल, कोइला बाट प्राप्त गर्ने उर्जालाई कम गरि, सौर्य, वायु र पानीबाट उर्जा प्राप्त गर्ने गरेको छ । वढी भन्दा बढी उत्पादन र प्रयोग सवारीका साधन इभी (इलेक्ट्रीक भ्यान) को पाइन्छ । यसले धेरै मात्रामा कार्वन उत्सर्जन कम गर्न मद्दत गर्छ र गरेको छ । यति धेरै कार्वन उत्सर्जन कम गर्दा पनि चीनका हिम्वत खण्ड, ग्लेसियर हिमतालका हिउँहरु कार्वन उत्सर्जनको कारण ग्लोबल वार्मिङ वढन गई २६ प्रतिशत हिउ पग्लि सकेको चाइना कलाइमेट डिपार्टमेन्टले जनाएको छ । त्यस्तै गरि अनटार्टिका हिऊहरु पग्लने क्रम तिब्र गतिमा छ । यसरी हिउ पग्लि समुन्द्रमा पानीको सतह १० मिटरसम्म बढ्ने वैज्ञानिकहरु वताउँछन । जसको परिणाम समुन्द्र छेउका शहर र समुन्द्रका स–साना टापु र देशहरु डुब्ने खतरा छ । जसको पहिलो असर मालदिप्स, जार्काता शहर, श्रीलंकाका समुन्द्र छेउका वस्ती र शहर डुब्ने उच्च जोखिममा छन् । हिमालहरु पग्ली काला पथ्थर भए डेढ अरब मानिस शुद्ध खाने पानी र सिचाइबाट वञ्चित हुने छन । पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउन कार्वन डाईअक्साइड हरितर्गह ग्यासको भूमिका अहम हुन्छ । जलवायु परिवर्तनका कारण मानव सभ्यता लगायत जेविक विविधतामा नै आँच आउने हुन्छ । यसरी तापक्रम वृद्धि भई रहने हो भने सन् २१०० सम्म ३.१० डिग्री सेल्सियसले तापक्रमवृद्धि हुने चेतावनी वैज्ञानिकहरु दिइसकेको छ । जलवायु परिवर्तनका कारण स्वच्छ पानीका मुहान सुक्दै गई रहेका छन् । हाम्रो देशको अन्पूर्ण हिमाल देखि पश्चिमका धेरै जसो हिमालहरु हिऊ विहिन कालापथ्थरमा परिणत हुँदै गई रहेको सर्ब वितिदै छ । यसलाई वचाउन सम्पूर्ण नेपाली, सरकार, संघ, संस्थाको अहम भूमिका रहन्छ ।
साथै त्यसका लागि संयुक्त राष्ट्र संघिय जलवायु वित्त कोष वितरण प्रणाली सजिलो विवेशपूर्ण र छिटो हुनुपर्दछ । नेपाल जलवायु जोखिमको १० औं स्थानमा छ । तापक्रमवृद्धिले हिमालहरु पग्लि तल्लो तटिय क्षेत्रलाई संकटमा पु¥याएको छ । त्यसर्थ हिमालको एकिकृत र समाष्टिगत अनुकुलनको अवधारणालाई ल्याउन जरुरी छ । जलवायु परिवर्तनका असर व्यापक भएकोले हाम्रा सामु धेरै चुनौतीहरु छन् । जसका लागि जलवायु न्याय, समता र क्षमताको आधारमा जलवित्त र कार्वन उत्सर्जनका नविन साझा परिणात्मक लक्ष्य निर्धारण गर्न र पृथ्वीको औषत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस सिमित राख्न तथा हिमाल एवं पिडित अल्प विकसित मुलुकहरुलाई जलवायु न्याय एवंम दिगो विकासमा सुनिश्चिता गर्नु न्याय संगत हुन्छ । हिमाल रहे हामी मानव जातिको अस्तित्व रहन्छ भन्ने कुरालाई आत्मसाथ गरि हिमाल वचाउन लागि परे हामी पनि वाच्छौं र हाम्रो अस्तित्व रहन्छ भन्ने कुरालाई हेक्का राखी अधि बढ्यौ भने मात्र सगरमाथा संवादको औचित्य रहन्छ ।

