शत्रुघन श्रेष्ठ
निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक हो नबिल बैंक । बि.सं.२०४१मा निजी क्षेत्रका लगानीकर्ताहरुको लगानीमा स्थापना भएको नबिल बैंकले चार दशक पूरा गरि अग्रणी बैंकको रुपमा स्थापित हुन सफल भएको छ । यो अवधिमा विभिन्न उतारचढाव र आरोह अवरोहहरु पार गरेको नबीलले व्यवसायिक र सेवाका आधारमा आफूलाई चिनाएको छ । नेपाल अरब बैंकको रुपमा स्थापना भएको नबिल बैंकमा UAE (युनाइटेड अरब एमिरेट्स) का लगानीकर्ताहरु बाहिरिएपछि उद्यमी बिनोद चौधरीको परिवारले बहुमत शेयर आफ्नो मातहतमा लिएको थियो ।

निजी क्षेत्रमा अग्रणी बैंक नबिल
हाल यस बैंकमा चौधरी ग्रुप नै लागनी कर्ता हो । ग्राहकको सन्तुष्टीलाई केन्द्रमा राखेर आफ्नो व्यवसायिक यात्रा तय गरेका नबील बैंक लगानीकताहरुलाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा स्थापित भएको छ । लामो समय देखि नबील सर्वाधिक नाफा कमाउने ग्राहकको सेवामा समर्पित डिजिटल बैंकको रुपमा स्थापित भएको छ । स्थापना कालदेखि नै नेपालमा नै नयाँ-नयाँ प्रविधिहरु भित्राएर Joint Venture सञ्चालनमा आएको नबिलको व्यवसायिक यात्रा अनुभवि व्यवस्थापन, स्मार्ट तथा मेहनति कर्मचारीहरु, कर्मचारीहरुलाई क्षमता अनुसारको प्रोत्साहन तथा रीक्कनाइज, विश्व बजामरा चलेका उच्चतम प्रविधि, ग्राहक फ्रेन्डी बहुउपयोगी Product को कारण नबिलका Brand इमेज बनेको हो । अनुभवि नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले पनि ग्राहक तथा लगानीकर्ताको रोजाईमा नबिल बैंक परेको हो । नबिल बैंक भित्रको बलियो systeam (प्रणाली) आज बैंकको अर्को ठूलो हो, जसले बैंकलाई यो मुखमा ल्याउन सफल गरायो । त्यतिमात्रै होइन नबीलसँग (NBB) नेपाल बङ्गलादेश बैंक गाभिएपछि नबिल बैंक नेपालकै सबैभन्दा ठूलाे Capital Fund (क्यापिटल फण्ड) भएको बैंक बनेको छ । हाल नबिल बैंकको चुक्तापुँजी रु. २८ अर्ब ५ करोड ७० लाख भन्दा धेरै रहेको छ भने कूल पुँजी रु. ५८ खर्ब ३८ करोड ४६ लाख रहेको छ ।रिजर्भमा३१ अर्ब३कराेड रहेकाेछ।
गत चैत्र ०८० मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकले ग्राहकबाट रु. ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैया ँनिक्षेप परिचालन गरि रु. ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छ । चालू आ.ब. २०८०/८१ को तेस्रो त्रैमासिक बैंकले रु. ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।
गत चैत्रसम्ममा बैंकको खुद ब्याज आम्दानी रु. १२ अर्ब ५५ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी .रु न२३.२४ पैसा रहेको छ । चैत्र मसान्तको विवरण अनुसार बैंकको कुल कर्जामा कृल निष्कृय कर्जाको अनुपात १.२७ प्रतिशत रहेको छ । यसै अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ । २०८० चैत मसान्त्रको कारोबार मूल्यको आधारमा दोश्रो बजार रु. १८ रुपैयाँ ८५ पैसा रहेको छ।Nabil Bank has provided the highest Dividend of 140 % Percent and The lowest dividend was stood at 11% Cash dividend.
The Table Below presents the dividend history of Nabil Bank Since २०६०/६१
F/y Bonus Cash
२०६०/६१ ०% ६५%
२०६१/६२ ०% ७०%
२०६३/६४ ४०% १००%
२०६४/६५ ४०% ६०%
२०६५/६६ ५०% ३५%
२०६६/६७ ४०% ३०%
२०६७/६८ ०% ३०%
२०६८/६९ २०% ४०%
२०६९/७० २५% ४०%
२०७०/७१ २०% ४५%
२०७१/७२ ३०% ६.८४%
२०७२/७३ ३०% १५%
२०७३/७४ ३०% १८%
२०७४/७५ १२% २२%
२०७५/७६ १२% २२%
२०७६/७७ ३३.५०% १.७६%
२०७७/७८ ३३.६०% ४.४०%
२०७८/७९ १८.५०% ११.५०%
२०७९/८० ०% ११%
नबीलको ४० वर्षे यात्रा ः बैंकले ब्यावसायिक यात्राको थालनी ५ वर्ष पछि एन.ए.बि.एस वाई.एस बैंकिङ्ग सफ्टवेयरमा आधारित सेवाबाट शुरु गरेको थियो । नबील नै पहिलो बैंक हो जसले सन् १९९० मा Master Card को म्यानअुल इ-प्रिन्टर (जिप-ज्याप) मेसिन शुरु गर्यो । सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिट कार्डको सुरुवाट गरेको थियो । त्यसको अर्को वर्षपछि बैंक भिसा कार्डमा गएको थियो ।
सन् १९९५ मा नै ATM Card प्रयोगमा ल्याउन सफल भएको थियो । त्यसको लगत्तै सन् १९९७ मा बैंकले PCO पिसीओ मेशिन र भिसा क्रेडिट कार्ड जारी गर्यो । बैंकले Soft service भने सन् १९९८ मा शुरु गरेको थियो । बि.स. २०४३ मा फिनाकल कोर बैकिङ्ग इन्टरनेट बैंकिङ्ग र शुरु गरेको थियो । सन् २००५ मा भिसा डेबिड कार्ड Electron जारी गर्यो जसलेDebit Card प्रयाेग कर्तालाई सहज बनायाे। सन् २०११ मा बैंकलेonline खाता खाेल्ने प्रणालीकाे विकास गर्याे रUnion payअन्तराष्ट्रिय सेवा ATM नेटवर्किङ(Networking र pos)बाट प्रदान गर्ने सेवाकाे पहिलाे बैंक बन्याे।

साथै सन् २०१२मा Three`D´(थ्रि.डि.)(सुरक्षित E-कमर्स)लागू गर्ने पहिलाे बैंक बन्याे।बैंककाे माेबाइल App.काे प्रयाेग सन्२०१३बाट गर्दैआएकाे थियाे।सन् २०१९ मा Face Book प्लेटफर्मबाट chat बो नबिलको शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र शुरु र NFC कन्ट्याक्टलेस pOS मेसिन प्रयोगमा ल्याइयो । सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा “नबिल डी.जि.बैंक” स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरुमा QR मार्फत Scan रwith drawसेवा प्रयोगमा ल्यायो र हरियो पिन प्रयोगमा ल्याउन सफल भयो ।
बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरु सुरुवात ग¥यो । जसअन्तर्गत “नबिल smart बैंक” एममा कार्डहरु एककिकृत गर्ने पहिलो बैंक बन्न सफल भयो ।
नबिल नगद मेसिन (NCM)प्रयोगमा ल्याई कोर बैंकिङ्ग प्रणाली फिनाकललाई १०.२५ मा स्तरोउन्नती गरियो ।
त्यसरी नै नबिल (डी.जि.) बैंक पोर्टनल सार्वजनिक गरियो । KYC बाट ग्रहक पहिचान गरी खाता खोल्न सकिने सेवाको शुरुआत गरियो । भर्चुअल आई कार्ड जारी गर्न समेत नबिलले थालनी गरिएको छ । नबिल बैंकले ठूलो परियोजनामा सह–बित्तीय करणको माध्यमबाट सेवा दिन वि.सं. २०४९ सालमै शुरु गरिसकेको थियो ।
सन् २०२२ मा “N” एन बैंकको शुरुवात गरेर नबिलले नेपाल मै पहिलो पल्ट “नियो बैंकिङ्ग” शुरुआत गर्न सफल भयो । आ.व. २०८०।८१ को जेठ मसान्तसम्ममा रु. ६ अर्व ३३ करोड खुद मुनाफा आर्जन गरी नेपालको सबै बैंक तथा वित्तीय संस्थाहरु मध्ये पहिलो नम्बरमा सदा सर्वदा कायम गराउन सफल भएको छ । बैंकमा लगानी गर्ने शेयर धनीहरुलाई सुरक्षित लगानी रहेको विश्वास दिलाउन सफल त बनिसकेको छ भने नबिलमा आफ्नो बचत राख्न पनि सर्वसाधारणहरुलाई ढुक्क बनाउन सफल भएको छ । देशको अहिलेको प्रतिकूल अवस्था, बनारमा देखिएको आर्थिक मन्दीको कारण, अर्थतन्त्रमा देखिएको संकुचनलाई छिचोल्दै बैंक कुशल नेतृत्वदायी भुमिका निभाउन सक्षम भएको छ ।
“नबिल बैंक सँगै अघि भन्ने मुल नाराका साथ (Go Further a head) ग्राहक तथा सरोकारवालासँग हातेमालो गर्दैै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङ्गमा जोड दिंदै आइरहेको छ र उच्चतम प्रविधिको प्रयोग गर्दै नबिलले २७२ शाखा सञ्जाल सहित २२ वटा भन्दा धेरै एक्सटेन्सन काउन्टर ३१६ वटा भन्दा बढी ए.टि.एम मेसिनहरुको प्रयोग गरी २२ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
लेखक श्रेष्ठ नबिल बैंककाे०४४ सालदेखिकाे पुरानाे शेयरधनी सदस्य तथा शेयर बिश्लेषक हुन्।

