–विश्वनाथ खरेल
विश्वको बदलिदो परिस्थितिको परिणाम स्वरुप प्रत्येक राष्ट्रले स्वतन्त्ररुपमा बॉच्न पाउँने अधिकार सवैलाई दिएको छ । आज संसारका के विकसित के विकासोन्मुख राष्ट्रहरुलाई प्रजातन्त्रको आवश्यकता परेको छ ? जसले गर्दा प्रजातन्त्रबादी भएर बाँच्न चाहने तमाम मानिसहरु छन् । भनिन्छ कि जनताको इच्छा तथा आकांक्षा बमोजिम संचालन हुने व्यवस्था नै प्रजातन्त्र हो । मूलतः प्रजातन्त्रमा जनताको बोलवाला, कदर गरिने हुन्छ जसमा कि जनताको बहुमूल्य मतको आधारमा सरकारको निर्माण हुन्छ । यसरी जनताको मनोभावना बुझेर कार्य गर्ने सरकारलाई नै प्रजातन्त्रबादी या बहुदलीय शासन व्यवस्था भनेर भनिन्छ । यसै कारणले गर्दा प्रजातन्त्रमा जन भावनालाई बुझेर मात्र शासन गर्ने प्रणालीलाई नै प्रजातन्त्रको ज्वालन्त उदाहरण दिन सकिन्छ । यसै परिप्रेक्ष्यमा आज आफूलाई प्रजातन्त्रबादी भन्ने राष्ट्रहरुले यसै अनुरुप आफ्नो राष्ट्रको शासन व्यवस्था संचालन गरेका छन् ।
विश्वका कतिपय राष्ट्रहरुले प्रजातन्त्रको सदुपयोग गरेको देखेर नेपाली जनताले पनि यस दिशातर्फ प्रयास नगरेको होइन । यसरी धेरै वर्ष पहिले देखि नै नेपाली जनताले प्रजातन्त्रको लागि सक्दो योगदान गर्दै आएका थिए । यसको साथसाथै तीन दशकसम्म कालरात्रीको रुपमा जगडिएको पञ्चायती व्यवस्थाको जरो ज्यादै गहकिलो थियो जसलेगर्दा यसलाई ओखल्नु त्यति सजिलो कुरा थिएन । यसैबीच जव आ–आफ्नै राजनैतिक सिद्धान्त, चरित्र र उदेश्य बोकेका बामपन्थी एवं प्रजातान्त्रीक शतिmहरुले पंचायती निरंकुश सत्ताको अन्त्य र संसदीय प्रजातन्त्रको प्राप्तीका निम्ति संयुतm भै संधर्षमा उत्रनु पर्ने दायित्व बोध गरे तब नेपाली जनतामा उत्साहको सञ्चार हुनपुग्यो फलतः वि.सं. १९९७ साल, २००७, २०१७, २०३६, २०४६ र २०६२/०६३ को जनआन्दोलनमा नेपाली जनताले विभिन्न चरणहरु पार गर्दै आएका थिए ।
देशमा प्रजातन्त्रको पुनर्वहाली भएको धेरै वर्ष वितिसकेको छ । प्रजातन्त्रको पुनः प्राप्तिसंगै देशमा प्रजातान्त्रिक शतिmहरुले पालैपालो सरकार गठन गरेर शासन संचालन गरिसकेका छन् । नेपाली जनताले कांग्रेसको बहुमतको सरकार मात्रै होइन् नेकपाको एकलौटी सरकार, को शासन अवधिसमेतको मूल्यांकन र अनुभव समेत गरिसकेका छन् । नेपाल अधिराज्यको संविधान २०७२ ले व्यवस्था गरेको सरकारको सवैखाले संरचनालाई जनताले नजिकबाट छानिसकेका छन् । यो जनता र देशकै गैरवको विषय हो आज आएर सवै नेपालीहरुले प्रजातन्त्रको फल समान रुपले चाख्न पाउंने सुर्वण अवसर प्राप्त भएको छ । प्रजातन्त्र भन्नाले गलत अर्थ नलगाई सहि अर्थ तिर लाग्नु पर्दछ कि जसमा कुनै व्यतिmले आफ्नो अधिकार प्रयोग गर्दा कसैको अधिकार हनन नहोस् । अतः सवैले समनरुपमा प्रजातन्त्रको मूल्य र मान्यतालाई अंगिकार गर्न सकुन । त्यहि देशलाई नै स्वच्छ प्रजातन्त्रवादी देश भन्न सकिन्छ । यसै सन्दर्भमा आब्राहम लिंकन, सीले, डायसी, हल आदि जस्ता विद्धानहरुको विचारमा पनि प्रजातन्त्रमा –“जनताको, जनताको लागि, जनताद्धारा शासन हुनु, शासनमा प्रत्येक व्यतिmको हिस्सा हुनु, राष्ट्रको अधिकांश भाग शासक हुनु, राजनीतिक संगठनमा जनताको नियन्त्रण रहनु र राज्य–शासनको सर्वोच्च सत्तामा जनताको अधिकार हुनु नै हो ” । यस वाक्यले पनि प्रजातन्त्रको सिङ्गो रुपलाई प्रतिविम्व गर्दछ । प्रजातन्त्रमा सरकारको विरुद्ध तुरुन्त प्रतिक्रिया जनताले गर्न सक्छन् जसले गर्दा सरकारले पनि जनताले के चाहेको छ सो अनुरुप कार्य गर्दै जाने प्रक्रिया विद्यमान छ । यस व्यवस्थामा जनताले मै मूल्याकन गर्दै जाने छन् । जन आवाज अनुसार नाच्न सक्नु नै यस व्यवस्थाको सवैभन्दा ठूलो उपलव्धी वा त्यो नै प्रजातन्त्रबादी सरकार भनेर मानिन्छ । यस व्यवस्थामा सवै वर्गको हित र कल्याणलाई ध्यानमा राखेर कार्य गरिन्छ । यसमा कुनै पनि पक्षको भेदभाव गरिने गरिपाटि हुदैंन् । राष्ट्रमा बस्ने सम्पूर्ण जनतालाई समान व्यवहार, समान अधिकार दिइएको हुन्छ । यसभित्र पनि विभिन्न किसिमका संध संगठनहरुलाई मूर्तरुप दिईएको हुन्छ । जसलेगर्दा उनीहरुले संगठन मार्फत सोझै आफ्नो मनमा लागेको कुरा सरकार समक्ष व्यतm गर्न पाउँन् । उनीहरुको समस्याको समाधान सरकारले गरिदिर्नु पर्ने हुन्छ । यसरी जनताको आत्मबल बढ्नुको साथै आफ्नो कार्यमा अगाडि बढ्न प्रोत्साहित हुन्छन् । राष्ट्रको भविष्य निर्माण गर्नमा सवै एकजुट हुन सकिन्छ । यसरी नै एकातिर जनताको आवश्यकता परिपूर्तिको साथसाथै राष्ट्रको उन्नति पनि दिनप्रतिदिन बृद्धि हुदैं जान्छ । यस्को मूख्य कारण नै चेक एण्ड बालेन्स जनता स्वयंनै भएको कारणले गर्दा हो । जसमा जनताले जनताका लागि जनतैद्वारा गरिने प्रजातान्त्रिक प्रणाली दुनियाँमै कहलिएको राजनीतिक व्यवस्था हो । साम्यवादी मुलुकमै पनि कतिपय प्रजातान्त्रिक प्रक्रिया अँगाल्नथालिनुले यसको महत्व झन् उजागर भएको छ । प्रजातन्त्रको प्रसिद्धि र लोकप्रियताकै कारण निरङ्कुश शासकले पनि आफूलाई अप्रतान्त्रिक भनेको पाइँदैन । बरु जस्तो शासन पद्धति भए पनि प्रजातन्त्रको नाम र जलप दिने प्रवृित्त बढ्दो छ । पञ्चायतकालकै कुरो गर्ने हो भने पनि प्रजातन्त्रको रट कम लगाइदैनथ्यो । यसो त पञ्चायती व्यवस्था अघि तथा पछि के कति प्रजातान्त्रिक पद्धति अँगाल्न सकियो ? त्यो पनि गहन अध्ययन, अनुसन्धानको पक्ष बनेको छ । प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, संविधानप्रदत्त हक, अधिकार आम नेपालीमाझ पुर्याउन कत्तिको सफलता प्राप्त भयो ? प्रजातन्त्र वा लोकतन्त्रको लाभ केवल व्यक्तिगत, समूहगत तथा दलगत दायरामा त सीमित रहेन ? समीक्षा जरुरी छ । बदलिँदो परिवेशमा प्रजातन्त्रको सट्टा लोकतन्त्र शब्द अधिक प्रचलित छ । प्रजातन्त्र र लोकतन्त्रको भावार्थ उही भए पनि प्रजातन्त्र तथा लोकतन्त्रका नाममा दुवै दिवस मनाउने गरिएको छ । यस आधारमा हेर्दा नेपाल प्रजातन्त्र वा लोकतन्त्र भनेपछि भुतुक्कै रहेको भान नहुने होइन, त्यसमाथि गणतन्त्र दिवस समेत मनाउने गरिन्छ । औपचारिक दिवसको औचित्यलाई एकातिर पन्छाएर हेर्ने हो भने मुलुकमा व्यावहारिक रूपमै प्रजातान्त्रिक वा लोकतान्त्रिक, गणतान्त्रिक प्रणाली स्थापना गर्न सारथिहरू कति गम्भीर तथा क्रियाशील छन् ? मूल्याङ्कन अपेक्षित छ ।
अन्त्यमा भन्नुपर्दा विश्वको बहुसंख्यक राष्ट्रहरु प्रजातन्त्र प्रश्चात विकसित भएको उदाहरण पाउँछौ । यसकारण समष्टिरुपमा अध्ययन गर्दा बिकासको मेरुदण्डको रुपमा प्रजातन्त्रलाई लिन सकिन्छ । राजनीतिक शास्त्रीहरुको भनाई पनि छ जवसम्म कुनै पनि राष्ट्र प्रजातन्त्र हुन सक्दैन तवसम्म त्यो राष्ट्र विकसित हुन सक्दैन । आजको बदलिदो आवहवामा प्रजातन्त्रको लहरले विश्वव्यापी गुन्जायमान स्थितिमा नेपाल मात्र अछुतो रुपमा रहन सक्दैन् । नेपालमा पनि २०६२/०६३ को १९ दिने जनआन्दोलनपछि के पहाड, के तराई, के हिमाल सवै क्षेत्रमा प्रजातन्त्रको लहरले तछाड–मछाड गरी मडाँरिएको छ । मूलतः देशको इतिहासमा फागुन ७ गते बिर्सनै नसकिने दिन हो । फलतः २००७ साल फागुन ७ गते राष्ट्रमा पहिलोपटक प्रजातन्त्र स्थापना भएको हो । यसमा मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्मको सम्पूर्ण क्षेत्र, जाती तथा समुदायका जनताले करिब चार महिना संयुक्त संघर्ष गरेपछि २००७ सालको जनक्रान्ति सम्पन्न भयो । देशमा प्रजातन्त्र स्थापना भएको घोषणा तत्कालीन राजा त्रिभुवन शाहबाट फागुन ७ गते भयो । त्यही बेलादेखि फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन थालिएको हो । अतः मुलुकको राजनीतिक इतिहासमा २००७ सालको क्रान्ति सर्वाधिक महत्वपूर्ण हुनुका कारणहरू धेरै छन् । पहिलो कारण त यो क्रान्तिमा राजाले समेत प्रत्यक्ष भाग लिएका थिए । यसर्थ प्रजातन्त्रको मिर्मिरेले भोलीको भावी कर्मठ सन्ततीहरुको जन्म यस पूण्यभूमिमा अवश्य नै हुने छ । आजको ऐतिहासिक लेखोटले भोलिको प्रजातन्त्रबादीहरुको आशालाई एकाकार गर्ने नै छ । प्रजातन्त्र नै जनताका लागि र जनता नै प्रजातन्त्रको लागि भएको हुनाले यी दुईमा धनिष्ठ अन्तर सम्वन्ध हुनुको साथै सरकारको स्वस्थ प्रतिक्रिया गर्न पाउंनु नै सच्चा प्रजातन्त्रको सहि अभ्यास हो । अब हाम्रो देशमा वामगठबन्धको नयाँ सरकार गठन भई सकेको अवस्था छ । यस सरकारबाट जनताले धेरै आशा तथा भरोसा गरेका छन् । त्यो आर्थिक समृद्धि, रोजगारी, विकास, स्थिरता, सुरक्षा, शान्ति आदि अपेक्षा हेर्न भोलिका दिनले देखाउँने कुरामा कसैको पनि दुइमत नहोला।

