काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले डा रोकायालाई मंगलबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् ।
जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका रोकाय हाडजोर्नी विशेषज्ञ हुन् ।

