काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलाको हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।

