काठमाण्डौ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
‘विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो’ भन्दै उनले राजिनामा गरेको घोषणा गरेका हुन्।
कुलिङ पिरियड राख्ने विषय सम्बन्धी विधेयकमा गडबड भएको सम्बन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।
तर, समितिले आफूलाई दोषी नठहराएको उनले जिकिर भने गरेका छन्। उनले राजिनामा दिदैँ भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

