काथमाण्डौ/ कोलकाता । भारत र श्रीलंकामा संयुक्त रूपमा जारी आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीले इटली राष्ट्रिय क्रिकेट टोलीलाई ४२ रनले पराजित गरेको छ।
एडेन गार्डेन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो।
वेस्ट इन्डिजका लागि शाई होपले शानदार ७५ रन बनाए।
रोस्टन चेस र शरफेन रथरफोर्डले समान २४ तथा म्याथ्यु फोर्डीले १६ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्।
इटलीका बेन मेनेन्टी र क्रिसन कालुगामेजले समान २ विकेट लिए भने अलि हसन र थोमस ड्राकाले १–१ विकेट झारे।
१६६ रनको लक्ष्य पछ्याएको इटली १८ ओभरमै १२३ रनमा अलआउट भयो। एन्थोनी मोस्का (१९), जेजे स्मट्स (२४) र बेन मेनेन्टी (२६) बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
वेस्ट इन्डिजका शेमर जोसेफले ४ विकेट लिए भने म्याथ्यु फोर्डीले ३, गुणाकेश मोटीले २ र अकिल हुसेनले १ विकेट लिए।
ग्रुप ‘सी’ बाट वेस्ट इन्डिज चारवटै खेल जित्दै सुपर ८ मा पुगेको छ।
इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली ३ जितसहित दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ।
स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली, इटली र नेपाल राष्ट्रिय क्रिकेट टोली समान १–१ जितसहित प्रतियोगिताबाट बाहिरिएका छन्। नेपाल समूहको अन्तिम स्थानमा रह्यो।
ग्रुप ए : भारत राष्ट्रिय क्रिकेट टोली, पाकिस्तान राष्ट्रिय क्रिकेट टोली
ग्रुप बी : श्रीलंका राष्ट्रिय क्रिकेट टोली, जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली
ग्रुप डी : दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली, न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली रहेका छन् ।
सुपर समूह आठ
ग्रुप १ : भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाब्वे
ग्रुप २ : इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका
प्रतियोगिता अब सुपर ८ चरणतर्फ अघि बढेको छ।

