काठमाण्डौ । युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिदै युवाको ऊर्जा, सिर्जनशीलता र सपनाले नै राष्ट्रको भविष्य बन्ने बताएका हुन्।
सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने बताउदै प्रधानमन्त्री ओलीले युवाहरुलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्-
आज अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवसका रुपमा मनाउने घोषणा गरेको हो । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।
फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ। संसारभरका युवाहरुलाई शुभकामना।

